धरान /लामो समयदेखि घर बनाउने मजदुरीमा कार्यरत सुनसरी पञ्चायनकी रानी लिम्बूलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको उति ध्यान छैन, जति समान ज्यालामा छ । [caption id="attachment_33154" align="alignnone" width="1024"] निर्माण क्षेत्रमा कार्यरत रानी लिम्बू । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] एउटै काम गर्छिन् । तर, असमान ज्यालाको शिकार बनिरहेकी छन् । पुरुष सरह नै उनी सिमेन्ट मुछ्ने, बालुवा बोक्ने, इटा बोक्ने, दिने काम गर्छिन् । त्यही काममा पुरुषले दैनिक पाँचसय थाप्छन् । महिलाहरुलाई चारसय मात्रै दिन्छन् । किन यसो गर्छन् भन्ने जिज्ञासामा उनको उत्तर छैन् । ‘खैँ पहिलेदेखि नै यस्तै चलन छ ।’ उनी सहज जवाफ फर्काउछिन् । ‘पुरुषले जति काम गर्न सक्दैन होला भनेर नदिएका होलान् ।’ यस्तै अड्कल छ उनको । उनीसँगै कार्यरत कालीबहादुर माझीले मुख खोले, ‘केटाहरु जस्तो काम गर्न सक्दैनन् भनेर पैसा पो अलि कम गरिदिन्छन् ।’ उनको अनुभवमा पुरुष र महिलाको काममा कुनै अन्तर छैन् । उस्तै काम गर्ने हुन् । अझ पुरुष भन्दा महिलाहरु निरन्तर काम गर्न सक्छन् । माझीले महिलाको हकमा ठेकेदारहरुबाट २२ वर्षदेखि भोग्दै आएको तीतो यथार्थ यही हो । ‘खैँ किन महिलालाई कम दिन्छन् । त्यो ठेकेदारलाई नै सोध्नुपर्छ ।’ उनको अनुभव बोल्छ । धरान–२२ देउरालीकी अनिता लिम्बू पनि असमान ज्यालाबाट प्रताडित छिन् । उनी भन्छिन्, ‘केटाहरु जत्तिकै काम गर्नुपर्छ । तर, ज्याला महिलालाई कम दिन्छन् ।’ मजदुरी क्षेत्रमा देखिएको टड्कारो समस्या हो यो । तर, पनि महिला अधिकारकर्मी भनाउँदाहरुले यस्ता विषयमा वकालत गर्नुको सट्टा प्रचारमूखी कार्यक्रमहरुमा ब्यस्त हुने गरेका छन् ।
एउटै काम गर्छिन् । तर, असमान ज्यालाको शिकार बनिरहेकी छन् । पुरुष सरह नै उनी सिमेन्ट मुछ्ने, बालुवा बोक्ने, इटा बोक्ने, दिने काम गर्छिन् । त्यही काममा पुरुषले दैनिक पाँचसय थाप्छन् । महिलाहरुलाई चारसय मात्रै दिन्छन् ।
महिला मजदुर लिम्बूद्वयलाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको बारेमा भन्दा घर कसरी चलाउने भन्नेमा चिन्ता छ । उनीहरुलाई श्रमिक दिवस भन्दा पनि समान ज्याला पाए हुन्थ्यो भन्ने लागेको रहेछ । ‘यो श्रमिक दिवस त मलाई थाहा भएन् ।’ रानीले मुख खोलिन् । श्रमिक दिवस बारे यो संवाददाताले बुझाइरहँदा उनले त्यो भन्दा समान ज्यालामा वकालत गरिदिए मजदुरीमा कार्यरत महिलाहरुको भलाई हुने बताइन् । भन्छिन्, ‘ज्यालाको कुरा गरिदिए ठिक हुने थियो ।’ पुरुष सो सरह ज्याला पाउनु पर्ने अडानमा निर्माण क्षेत्रमा कार्यरत मिलन बिक देखिए । उनले भने, ‘काम उस्तै र उति नै गर्छन् । तर, ज्याला भने बराबर दिँदैनन् । काम बराबरी गरेपछि ज्याला पनि बराबरी दिए हुन्थ्यो ।’ महिला अधिकारकर्मीहरु महिलाहरुको हकहित भन्दा पनि प्रचारमूखी हुँदा लिम्बुद्वय जस्ता महिलाहरु चेपुवामा परेका छन् । प्रचारमुखी कार्यक्रममा लिप्त हुने हुँदा महिला अधिकारका कुराहरु भने छुट्ने गरेका छन् । एकसय सातौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको राष्ट्रिय नारा ‘महिला सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार’ ले लिम्बूद्वय जस्ता प्रतिनिधि पात्रको हकमा कुरीकुरी गरेझै लाग्छ । नारा एकातिर छ भने निर्माण क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुको हक अधिकार अर्कोतिर छ । निर्माण क्षेत्रमा यति नै महिलाहरु कार्यरत छन् भन्ने आधिकारिक तथ्याङ्क नभए पनि धरानमा करिव १० हजार जति कामदारहरु रहेको बताइन्छ । जसमध्ये ५० प्रतिशत महिला कामदारहरु रहेको अनुमान क्युपेक नेपालका केन्द्रीय सदस्य मुक्ती गिरी बताउँछन् । उनका अनुसार क्युपेकमा आवद्धता भएका महिला मजदुरहरु १५० को हाराहारमिा छन् । उनले क्युपेकले २०६८ सालदेखि नै महिलाहरुको ज्याला समान हुनु पर्छ भन्दै वकालत गरिरहेको बताए । ‘हाम्रो माग मात्रै हैन, क्युपेकमा आवद्धता भएकाहरुलाई काम गराउँदा समान दिनुपर्छ भनेर भनिरहेका छौं्र ।’ उनी भन्छन्, ‘समान कामको ज्याला समान हुनुपर्छ भन्ने कुरा क्युपेकको हो ।’ महिला सञ्जाल धरान उपमहागनर समितिकी अध्यक्ष शिला बज्राचार्यले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुको अर्थ नै महिला र पुरुषले समान ज्याला पाउनु पर्छ भन्ने रहेको बताइन् । ‘महिला र पुरुषहरुको लागि समान तलव पाउनु पर्छ भनेर नै वकालत गरिहेका छौं । श्रीमक महिला दिवस मनाएको त्यसैको लागि हो ।’ उनले फोनमा भनिन्, ‘यसका लागि ठेकेदारहरुलाई ल्याएर हामीले छलफल गरिरहेका छौं ।’ उनले पहिला भन्दा अहिले धेरै कम भइसकेको बताइन् ।