श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल कात्तिक ३० गते आइतबार, १६ नोभेम्बर २०२५,सिद्धार्थीनाम संवत्सर। मार्गशिर्ष कृष्णपक्षको द्वादशी तिथि भोलि ०५ः०८ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र हस्ता भोलि ०२ः२८ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्योदय ०६ः२५ बजे र सूर्यास्त ०५ः११ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। आफ्नो काममा अरूको भरपर्दा दुःख पाइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुनसक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। पछिका लागि खर्चको जोहो गर्नुपर्ला। प्रतिस्पर्धी बढ्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
द्वेष तथा ईष्र्या गर्नेहरूबाट सावधान रहनुहोला।छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला। अवसर आए पनि खर्चिलो काम थाल्न राम्ररी विचार पु¥याउनु होला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि कामले आशा भने जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बेसुरमा बोल्ने बानीले गोपनीयता भङ्ग हुनसक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भङ्ग हुनसक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।परिस्थितिवश चिताएको काम रोकिन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो मिहिनेतबाट अरूले फाइदा लिने चेष्टा गर्नेछन्। काम थाल्नुअघि परिस्थितिबारे राम्ररी अध्ययन गर्नुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ।
































