इलाम(ब्लाष्ट) सरकारले रासायनिक मलको लागि छ अर्ब अनुदान छुट्याएको भएतापनि चिया क्षेत्रमा त्यसमा पनि अर्थोडक्स चियामा लगानी शुन्य रहेको उद्यमीहरुले गुनासो गरेका छन् ।

इलामको पहिचान,मौलिकता र गौरव भन्नु नै चिया भएतापनि सरकारले चियालाई बेवास्था गरेकाले आर्थिक क्षेत्रमा समेत यसले प्रत्यक्ष असर गरेको उद्यमीहरुको भनाई छ । रासायनिक क्षेत्रमा मात्र लगानी गरेर वातावरण मैत्री क्षेत्र नबनाउन पहल गरेको हो वा अर्गानिक क्षेत्रमा लगानी गर्न नखोजेको भन्ने विषयमा समेत दोधार रहेको उद्यमीहरुको भनाई छ ।

नेपालका चिया बगानहरुको चिया नेपालको आर्थिक क्षेत्रमा समेत टेवा पुग्ने भएतापनि सरकारले यसलाई प्राथमिकता नदिएकाले नेपालका चिया बगानहरु समेत उजाड बन्न थालेका छन् । इलामको गोरखा टि—स्टेटका उद्यमी उदय चापागाँईले आफू ३० वर्ष अगाडिदेखि चिया क्षेत्रको अध्ययन अनुसन्धान गरेको र आधा दशकभन्दा बढी अर्गानिक चिया उद्योग सञ्चालन गर्दै आएको भए पनि सरकारका तर्फबाट विदेश निर्यात गर्न,अर्गानिक चियालाई अन्तराष्ट्रिय बजारिकरण गर्न लागि पटकपट आह्वान गरेतापनि सुनुवाई नभएको बताएका छन् ।

इलामका बगानहरुमा दुर्लब गुणस्तरका चिया भएतापनि यसको कुनै उपलब्धि नभएको उनको भनाई छ । भारतको दार्जिलिङ्ग अर्थोडक्स चियाको गुणस्तर कम तापनि तेस्रो मुलुकमा सहजै निर्यात हुने गरेको छ यसको कारण भारत सरकारले चियाका क्षेत्रमा २५ प्रतिशत अनुदान दिएकाले किसानहरुलाई चिया उत्पादनमा सहज भएको चापागाँईको भनाइ छ ।

तर नेपाल सरकारको अर्गानिक क्षेत्रमा लगानी शुन्य रहेकाले किसानहरु मारमा परि चिया मासेर अलैँची खेती गर्न थालेका छन् । उनले आफ्नै लगानीमा उद्योग सञ्चालन गरि किसानहरुलाई सहुलियत दिएको र ग्रेड अनुसारले चियाको वर्षभर घटबढ नगरि मुल्य दिएको बताए । अर्गानिक किसानहरुमा छ सय आधिकारिक रहेको र तीन सय जना किसान प्रमाणीकरण हुन बाकीँ रहेपनि अगार्निक चिया उत्पादन गर्ने रहेका छन् ।

कुल छ सय रोपनी क्षेत्रफलमा अर्गानिक चिया उत्पादन गर्दै आएका चापागाँईले गुणस्तरीय अर्थोडक्स चियाको ३५ प्रतिशत मात्र तेस्रो मुलुक जाने र बाँकी अन्य चिया जस्तै कमसल मुल्यमा बेच्नुपरेकाले आफूहरु चिन्तित रहेको बताए । यस्तै इलाको साखेजुङ स्थित हिमालयन साङग्रिला अर्गानिक चिया उद्योगका उद्योगी आर्सी नेपालका अनुसार अगार्निक चियाका क्षेत्रमा सरकारले चासै नदिएको बताएका छन् । सरकारले तेस्रो मुलुकका लागि चिया निर्यातको व्यवस्था नगरेकाले अर्गानिक चियालाई समेत अन्य चियामा दाजीँ भारत लैजान बाध्य भएको बताए ।

उत्पादन हुने चियामध्ये २५ प्रतिशत मात्र तेस्रो मुलुक निर्यात हुने गरेको र बाकीँ भारतमा मात्र सिमित रहनु परेको उद्योगी नेपालले गुनासो गरेका छन् । भारतको १५० वर्षको पुरानो गुणस्तरीय चियाको उत्पादन अन्तराष्ट्रियकरण भएको तर नेपालको चियालाई अर्थोडक्स नगरिएकाले किसानले मार खेप्नु परेको हो । नेपालको दुर्लब गुणस्तर भएका सातवटा बगान सरकारले लिजमा नदिई अर्थोडक्स चिया उत्पादन गरे अन्तराष्ट्रिय बजारमा चियाको निर्यात हुने र देशको आर्थिक विकासमा सहयोग पुग्ने बताएका छन् ।

नेपाल सरकारले अर्गानिक चियालाई स्थापित गर्न राजनीतिक पक्षमा मात्र जोड नदिई आर्थिक पक्षलाई समेत बलियो बनाउन आवश्यक रहेको बताएका छन् । चियाको अनुसन्धान केन्द्र तथा बजारीकरण नभएकाले यसको स्थापना गर्नुपर्ने,अर्गानिक मलको अवधारणा ल्याउनुपर्ने बताए ।

सरकारले तेस्रो देश निर्यात गर्न चिया ऐन २०५७ ले अन्तराष्ट्रिय बजारीकरण गरे बापत मुलुक निर्यात गरे मार्फत चार प्रतिशत प्रोत्साहन दिने भनेतापनि अहिलेसम्म पाउन नसकेकोमा उद्यमीहरुको गुनासो रहेको छ । तेस्रो मुलुक निर्यात गर्दा विदेशी मुद्रा आर्जन हुने र यसले नेपाल सरकारकै आर्थिक स्तर बढ्ने हुनाले सरकारको अर्थोडक्स चियामा ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएका छन् ।

यता केन्द्रिय चिया सहकारी संघ इलामका अध्यक्ष गोविन्द दाहालले भने वस्तु गुणस्तरीय अनुसारको रकम सरकारले दिएको बताएका छन् । अर्गानिक चिया उद्योग निजी मात्र रहेकाले गुणस्तरीय चिया कति उत्पादन हुन्छ त्यसको तथ्याड्ढ याकिन नभएकाले सरकारले उचित मुल्य तोक्न नसक्नाले किसानले उचित मुल्य पाउन नसकेको बताएका छन् । हाल इलाममा उत्पादन गर्ने सरकारले जिल्लाभरमा ३० हजार चिया किसान रहेका र करिव ६५ हजार किलो अर्थोडक्स चिया उत्पादन हुने गरेको दाहालले बताए ।