काँकरभिट्टा / भारतबाट नेपाल आउने इन्धन फेरि नेपाली बजार हुँदै भारततफै तस्करी हुने गरेको छ । भारतबाट पेटे«लियम पदार्थ नेपाल प्रयाप्त मात्रमा भित्रिए पनि नेपालका पेटे«ाल पम्पहरुमा अधिकार्श तेल छैन लेखेको पाइन्छ । नेपालमा भित्रिने पेटो«लियम पदार्थ अधिकार्श भारतीय गाडीले प्रयोग गर्ने हुँदा बजारमा यतिबेल हाहाकार देखिएको छ ।
भारतबाट नेपाल तर्फ आउने कतिपय भारतीय नम्बर प्लेट्का गाडीहरुले नेपालका पम्पहरुमा तेल हालेर भारत तर्फ फर्किने गरेको रहस्य सार्वजनिक छ । करिब ३५ प्रतिशत भारतीय सवारीले नेपालका पम्पहरुमा तेल हाल्ने गरेको पाईएको छ । कतिपय पम्पहरुमा यस्ता सवारीले जर्किन थापेरसमेत तेल लाने गरेको पाइन्छ । नेपालको पूर्वी नाका काँकरभिट्टा बाट भित्रिने यस्ता सयौ सवारी साधनहरुले भारतर्फ फर्किने क्रममा लाइन बसी सयौ लिटर पेटे«लियम पदार्थ लिएर भारत फर्कने गरेका छन् ।
भारतीय बजारमा नेपाली बजार भन्दा प्रति लिटर १६ रुपैयाँ बढी पेटे«ाल र डिजल पर्ने गर्दछ । जसको फाइदा उठाउदै भारतीय सवारी साधनले खुलेआम रूपमा पेटे«लियम पदाथको तस्करी गरिराखेका छन् । दैनिक जसो हुने तस्करीका कारण नेपालका सवारी साधनहरू तेल नपाएर कति पय स्थानहरुमा थन्किएका छन् । पूर्वी नाकासँग जोडिएका नेपालका आधा दर्जन बढी पम्प यस्ता सवारीको हरेक दिन बिहानै देखि घुईचो लाग्ने गरेका पाइन्छ । कति पय सवारी त दिनभर सम्म बसेर तेल हालेर जाने गरेको भेटिने गरेको छ । पम्प संचालकहरुले भारतीय गाडीहरुले ५० देखि १ सय लिटर मात्र हाल्ने बताए पनि अधिकांशले ३ सय भन्दा पेटे«लियम पदार्थ हाल्ने गरेका छन । कोइला,सब्जी,जुट बोकेका सवारी साधनले नेपालमा तेह हालेर भारतमा लगि विक्रि गर्ने गरेको स्थानिय मनोज यादवले बताए ।
नेपाल आयाल निगम चारआली डिपोका प्रमुख वासुदेव भण्डारीले केही महिना अघिकै तुलनामा पूर्वी नाकाबाट पेट्रोल,डिजेल आयात भएको भएता पनि बजारमा अपुग भएको बताए । आयाल निगमको तथ्याङकमा माघ महिनामा ५ हजार ७ सय ४२ केल डिजल,१ ह्जार ६ सय ९२ केल पेटेल,३६ केल मटितेल आयात भएको छ । फागुन महिनाको २० गते सम्म ४ हजार ९ सय ५२ केल डिजल ,१ ह्जार ३ सय,२ केल पेटेल,२४ केल मटितेल नेपाल आएको छ । यो तथ्याङकले अबको १० दिनमा अघिल्लो महिना भन्दा बढी पुग्ने अनुमान गरिएको छ । तर बजारमा जति आए पनि अपुग हुनु दुखको कुरा भएको भन्दै भण्डारीले भारतीय गाडीहरुलाई कोटा निर्धारण गर्न सके यसको अभाव केही कम हुने बताउछन् । अहिले दैनिक जसो डिजल २ सय ७५ केल, पेटेल ७३ केल यो नाकाबाट भित्रिएको छ । यसले मेची अञ्चलका झापा,इलाम,पाचथर र ताप्लेजुङमा धान्नु पर्ने भए पनि अभाव देखिएको छ ।
यता मेची भन्सार कार्यालय काकँरभिटमा देखिएको पेटे«लियम पदार्थ पासको समस्या केही सहज हुने भएको छ । मेची भन्सार कार्यालयमा सामन्य प्रक्रिया पुरा गरी राजश्व बुझाई सकेपछि जति सक्दो चाडो ट्याङ्ककहरु पास हुने भन्सार प्रमुख भीम प्रसाद अधिकारीले बताए ।
मेची अञ्चलका ५४ वटा पम्पहरुबाट वितरण हुने पेट्रोल,डिजल पहिलेकै तुलनामा आए पनि बजारमा मजदुरहरूको लापरवाहीले समस्या भएको नेपाल यातायत स्वतन्त्र मजदुर सङ्गठन ट्याङकर इकाई चारआली का अध्यक्ष तोकप्रसाद दुलालले बताए । बजारमा जति तेल आए पनि भारतीय सवारीले ५ सय लिटर भन्दा बढी तेल हालेर जाने हुँदा यसको अभाव देखिएको उनले बताए । बजारमा तेलको अभाव हुदा बिनाकारण मजदुरले गालीखाने गरेको उनको उनी बताउछन् । हाल मेची अञ्चल भरि जम्मा ४५ वटा ट्याङ्कर दैनिक जसो भारतबाट पेटे«लियम पदार्थ ल्याउने गरेका छन् । तर पनि पूर्वमा देखिएको यो समस्याको बारेमा जिल्ला प्रशासन कार्यालय ,मेची पेट्रोलियम डिलर्स एशोसेशियान,नेपाल आयाल निगमले कुनै चासो देखाएको पाईदैन ।