श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर १ गते सोमबार, १७ नोभेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। मार्गशिर्ष कृष्णपक्षको त्रयोदशी तिथि भोलि ०७ः३३ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र चित्रा भोलि ०५ः१९ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि कन्या, सूर्योदय ०६ः२६ बजे र सूर्यास्त ०५ः११ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला। सामान्य कामलाई सञ्चित रकम खर्च हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। परिस्थिति अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बुद्धिको उपयोगले अधिकार जोगाउन सफल भइनेछ। मिहिनेतले परिस्थितिलाई सहज बनाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ। आँटेका काममा पनि बाधा पु¥याउनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहो¥याउनु पर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बेलैमा होस नपु¥याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बने पनि उठ्नुपर्ने रकम रोकिन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। चुनौतीभित्र अवसर खोज्ने समय छ।
































