मोरङ/तरकारीलाई विस्थापन गर्दै कागती खेती थालेका मोरङ डग्राहा–३ का ५७ वर्षीय ढालुराम माझीको पहिचान कागतीले फेरिदिएको छ । २०६४ सालमा दुईवटा कागती बोटबाट कागती खेतीमा होमिएका माझीलाई त्यही कागतीले अहिले करोडपती बनाएको छ ।

भएको तरकारी खेती र नेपाली कांग्रेसको राजनीतिलाई त्यागेर कृषिमा तल्लिन बनेका माझीले अहिले ५ विगाहाका मालिक मात्रै बनेका छैनन्, त्यहाँ २५ सयको हाराहारीमा कागती खेती गरेका छन् । जसबाट वार्षिक ३० लाख रुपैया भन्दा माथि आम्दानी लिन्छन् भने दैनिक १२ जना भन्दा बढीलाई रोजगारी दिन सफल छन् । कुनै बेला थियो, जुन बेला उनी कांग्रेसको राजनीतिमा तल्लिन थिए । त्यो बेला उनले बाउबाजेको पूख्र्यौली सम्पतीसमेत सक्दै थिए ।
तर, अहिले निन्तरको मेहनतले हरेक वर्ष जग्गा मात्रै जोडेका छैनन् । उनको कागती खेती हेर्नेको लागि नमुना विश्वविद्यालय बन्न सक्छ । २०७३ सालमा उनले ३ विगाहा जग्गा जोड्दै कागती थपेका छन् । जतिखेर २ बोट थियो । त्यसबाट उनले पहिलो पटक २०६५ सालमा ७ वटा कलमी विरुवा उत्पादन गरे । २०६६ सालमा ६० वटा कलमी बनाए । २०६७ सालमा ३ सय वटा कमली बनाउँदै कागती खेतीको विस्तार गरे । ढालुरामको त्यही कागती खेती धेरैको लागि प्रेरणाको स्रोत बनेको छ ।
अर्कोवर्ष २०६८ सालमा उनले १२ सय कलमी गरेका थिए । आफ्नै बलबुताले कागती खेती विस्तार गरेका उनलाई कागतीका गुरु भनेर भन्दा फरक पर्दैन । कांग्रेसमा राजनीति गर्दा २०४९ सालमा उनी ड्रंग्राहा गाविसका गाविस अध्यक्ष बनेका थिए । पार्टीको काममा तल्लिन हुने उनी नेपाली कांग्रेसको ६ नम्बर क्षेत्रका क्षेत्रीय सभापतिसमेत बने । तर, आफ्नै पार्टीमा गुटगत राजनीति देखेपछि वाक्कदिक्क भएका उनले पार्टी नै छाडे । त्यसपछि तरकारी खेतीबाट गर्न थालेका उनले त्यसबाट घरपरिवारको सामान्य गुजारा मात्रै चल्थ्यो ।
९ जनाको परिवार चलाउन हम्मे पर्न थालेपछि पशुपती नर्सरीबाट ढेडसयमा किनेर लगेको एउटा विरुवाले नै अहिले उनी करोडका मालिक बनेका छन् । २०६८ सालदेखि कागती उत्पादन सुरु भए यता उनले पछाडी फर्किएर हेर्नु परेको छैन् । ‘२०६८ मा ८० वटा गाछमा कागती फल्यो । सवा लाख रुपैया कमाइ भयो ।’ उनले भने । सप्रिएको कागतीको बोटमा ५ सयदेखि २५ सयसम्म कागतीका दाना फल्ने गरेको उनी सुनाउँछन् । त्यसैबाट हरेक वर्ष जग्गा जोड्ने मात्रै हैन, आफ्नो छोरालाई कृषि क्षेत्रकै पढाए अन्तर्गत विएस्सी एग्रिकल्चर गराउँदै छन् ।
‘म अनपढ किशान हुँ, अहिलेसम्म अनुभवकै आधारमा जाँदैछु । भोलीको दिनमा त विज्ञ किशान चाहिएको छ त्यही भएर छोरोलाई कृषि इन्जिनियर पढाउँदै छु ।’ छोरालाई इन्जिनियरिङ पढाउने भेद यसरी खोले । सुरुमा उनले तरकारी खेतीको बीच–बीचमा कागती रोपेका थिए । अध्यात्मवादी सन्त किशानको रहर अव उद्योगको रुपमा अघि बढाउने छ । ‘मानिस भएर जीवनकालमा केही गर्नुपर्छ भन्ने लाग्थ्यो ।’ उनी भन्छन्, ‘त्यही अनुसार फरक खेती अपनाए ।’
‘म अनपढ किशान हुँ, अहिलेसम्म अनुभवकै आधारमा जाँदैछु । भोलीको दिनमा त विज्ञ किशान चाहिएको छ त्यही भएर छोरोलाई कृषि इन्जिनियर पढाउँदै छु ।’ छोरालाई इन्जिनियरिङ पढाउने भेद यसरी खोले । |
अहिले उनको बारीमा चार प्रजातिका कागती रोपेका छन् । स्थानीय जात, धनकुटे पारीपात्ले, नर्सरी र मद्रासी जातको कागती रोपेका छन् । कागती रोप्ने सोच कसरी आयो भन्ने जिज्ञासामा उनी डाँडाकाडा र खोलानालामा खेत पर्ने भएपछि कागती रोप्ने सोच आएको बताउँछन् । उनले अहिले वार्षिक ३० लाखको हाराहारीमा कागतीको दाना, विरुवा र अचार बेच्ने गरेका छन् । कागतीमा जोखिम कम र उत्पादन बढी हुने भएकाले पनि उनी यतातिर आर्कषित बनेका छन् ।
२०७० सालदेखि उनले कागतीबाट आएको पैसा बैंकमा बचतसमेत गर्न थालेका छन् । कृषि विकास कार्यालय मोरङमा कृषि समूह दर्ता गराएपछि उनले बैंकबाट कारोबार थालेका छन् । त्यही समूहको नाममा खाता चल्दैछ । उनको लगाव देखेर कृषि विकास कार्यालय मोरङले बोर्डिङको सुविधा प्रदान गरेको छ ।
विषादी छर्किने स्पे, कागती संकलनको लागि क्रेट, बगैचा सफा गर्न कैची, आरी अनुदानमा दिएको छ । यो वर्ष मात्रै उनले ५५ देखि ६० क्वीन्टल कागतीको अचार बेचिसकेका छन् । अझै बेच्ने क्रममा छन् । उनले दिवंगत श्रीमतीको नाममा कर्कीदेवी अचार उद्योग दर्ता गराएका छन् भने टिक्लीगाछी कृषि फर्मसमेत दर्ता गरेर कागतीलाई थप व्यवसायमूखी बनाइरहेका छन् ।
कृषिको उनको प्रगति त्यतिमा मात्रै सिमित छैन् । उनले १० हजार रुपैयासहितको राष्ट्रपति कृषक पुरस्कारबाट सम्मानित बनेका छन् । साथै, विभिन्न सम्मानबाट सम्मानित बनेका छन् । कृषि मेलाहरु प्रथम, दोस्रो भएका छन् । काठमाडौंको एग्रो टाइम्स नामक पत्रिकाबाट कृषि आवाज पुरस्कार प्राप्त गरेका छन् । देशलाई कागतीमा आत्मनिर्भर बनाउन कम्मर कसेका कृषक माझी बगैचा उद्योग खोल्ने सोचका साथ अघि बढेका छन् ।