यदि काम दृश्यमा हुन्थ्यो त काठमाडौंको हनुमान ढोका, पाटन दरबार, पशुपतिनाथ जस्ता विश्वप्रसिद्ध मन्दिरका भित्ता तथा प्रवेशस्थानमा अनेकौं लैङ्गिक यौन आकर्षण उक्साउने मूर्ति किन बनाए ? यो प्रश्न जो कोहीको मनमा पनि पहाड बनेर खडा हुन्छ कि यति प्रवित्रस्थलमा आखिर किन कामुकताबाट भरिपूर्ण मूर्ति कुँदिए ? यो प्रश्न सामान्य मानिसमा मात्र होइन गान्धीजस्ता महात्मामासमेत उठेको पाइन्छ ।

[caption id="attachment_29123" align="alignleft" width="223"] सम्राट थापा[/caption]

भारतको विश्वप्रख्यात मन्दिर खाजुरो दर्शनका लागि पुगेका महात्मा गान्धी त्यहाँका कामुक मूर्ति देखेर गान्धीलाई अपाच्य भयो । उनले तत्काल खाजुरो मन्दिर माटोले पुर्ने आदेश दिए । गान्धीजस्ता महात्मालाई ती मन्दिर निन्दनीय र र कामुकता मात्रै लागे । र यस्ता मन्दिर हुनुहुँदैन भने पक्षमा वकालत गरे । यो खबर सुनेर काव्य हृदय भएका चर्चित कवि रविन्द्रनाथ टैगरले गान्धीलाई अनुरोधप्रत्र लेखी खाजुरोको मन्दिर हाम्रो संस्कृति हो र यस धरोहरलाई जोगाउनु हाम्रो कर्तव्य हो भनी पत्रमा उल्लेख गरेर पाठए । जसले गर्दा महात्मागान्धीलाई पनि ज्ञात भयो कि कामुकता दृश्यमा होइन, दृष्टिमा हुन्छ । कामुकता दृश्यमा होइन, दृष्टिमा भन्ने कुरामा धेरैका आ–आफ्ना बेग्लै तर्क पाइन्छन् । तर विज्ञका तर्क हेर्ने हो भने केवल कामुकता दृश्यमा पाइन्छ ।

सामान्य धारणा यस्तो छ कि मन्दिरमा कामुक मूर्ति कुँदिए भने दैवी विपत्तिबाट मुक्ति पाइन्छ । यस्तै मन्दिर जहाँ सबै किसिमका मानिस आउँछन् त्यहाँ काम बासना जगाउने मूर्ति दृश्य राख्दा युवा सन्यासी बन्नबाट जोगिन्छ । त्यसले गर्दा जनसंख्या सन्तुलन कायम रहन्छ । आर्किटेक्ट तान्त्रिकका अनुसार यी मन्दिरका कामुक मूर्ति विशिष्ट प्रयोगका निम्ति निर्माण गरिएको जसलाई बुद्धधर्मको प्रयोगशालाको रुपमा लिइन्छ । तान्त्रिक लेखक ह्यारिसन लेख्छन्, ‘जब लामाहरु आफ्नो आध्यात्मिक साधनाबाट शारीरिक आकर्षणले विचलित नहुने स्तरमा पुग्छन्, उनीहरुलाई गुफामा लुकेको कामुकता दर्शाउने मन्दिरमा परीक्षाका लागि लगिन्छ  । यदि मन विचलित नभए ऊ काम बासनाको जगत्बाट मुक्त भएको मानिन्छ । अन्यथा उसलाई पुनः साधनामा फर्काइन्छ ।’ यस्तै स्वामी आनन्द अरुण, सन्त दर्शन सन्त दर्शन पुस्तकमा लेख्छन् –ती मूर्तिहरुले जीवन्तता दिएको छ । उनका अनुसार त्यो मूर्तिमा कुनै कामुकताको सङ्केत हुँदैन । हेर्दा लाग्छ, ती मूर्ति गहन समाधिमा डुबेका छन् । त्यहाँ मात्र चरम सैन्दर्यबोध छ, न कि कामुकता । यसकारण कामुकता दृष्टिमा हुन्छ, न कि दृश्यमा ।

ती सौन्दर्यका अपार मूर्तिका दृश्य देखेर सामान्य मानिस उत्तेजित हुन्छ । जसबाट हामी यो निष्कर्षमा पुग्छौं कि कामुकता दृश्यमा होइन, दृष्टिमा हुन्छ । अर्को पक्षबाट हेर्ने हो भने जसरी एउटा महिलाले साडी लगाउँदा शरीरको कति भाग देखिन्छ । तर त्यसलाई सामान्य लिने समाज एउटा किशोरीले छोटो लुगा लगाउँदा कति कामुक भएर हिँड्छे भन्छन् । यसबाट पनि हामी कामुकता दृश्यमा होइन, दृष्टिमा हुन्छ भन्न सक्छौं ।