श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल वैशाख २६ गते शुक्रबार, ९ मे २०२५, सिद्धार्थीनाम संवत्सर । वैशाख शुक्ल पक्षको द्वादशी तिथि ०३ः१७ उप्रान्त त्रयोदशी, नक्षत्र हस्ता भोलि १२ः१७ बजेसम्म चित्रा, चन्द्रराशी, कन्या, सूर्याेदय ०५ः१८ बजे र सूर्यास्त ०६ः४२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामको जिम्मेवारी वहन गर्नुपर्ला । स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ । ईष्र्या गर्नेहरूले दुःख दिनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला । परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । अध्ययनमा प्रगति हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिने छ । शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । नयाँ योजना शुभारम्भ गर्ने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मान्यजनको सहयोग लाभदायी रहनेछ । रोकिएका काम दोहो¥याउनुपर्ला । अरूले फाइदा उठाउन सक्छन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिवश चिताएको काम पूरा गर्न नसकिएला । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला । व्यवसायमा बाधा पुग्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । ठूलो फाइदा नदेखिएकाले हिसाबकिताबमा होसियार रहनुहोला।