श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल वैशाख २५ गते बिहीबार, ८ मे २०२५। सिद्धार्थीनाम संवत्सर । वैशाख शुक्ल पक्षको एकादशी तिथि १२ः४९ उप्रान्त द्वादशी, नक्षत्र उत्तरफाल्गुनी ०९ः२३ बजेसम्म हस्ता । चन्द्रराशी, कन्या, सूर्योदय ०५ः१९ बजे र सूर्यास्त ०६ः४१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईष्र्या गर्नेहरूले दुःख दिनेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्याहारिक समस्याले योजना रोकिन सक्छ। कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। अध्ययनतर्फ मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । अरूको फाइदाका लागि उपयोग भइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ। मिहिनेतले आँटेको काम बन्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभचिन्तकहरूको सहयोग जुट्नेछ । आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले मानसम्मान दिलाउने छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेत गर्दा आयआर्जनका स्रोत बढ्नेछन् । उठ्नुपर्ने रकम हातलागी हुनेछ । नयाँ ज्ञान सिक्ने अवसर जुट्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।