धरान/भारत बिहारको मुजफरपुरका शेखर रामको दैनिकी धरान–१२ स्थित पब्लिक उच्चमाविको नजिकै फाटेका जुत्ता सिलाएर बित्छ । gopal ५० वर्षीय रामले जुत्ता सिलाउन थालेको तीनदशक बढिभइसक्यो । च्यात्तिएका जुत्ता सिलाउनु उनको दैनिकी हो । यही दैनिकीमा बित्ने उनको जीवन न त चिसो भन्न पाउँछन् न त गर्मी नै । हरेक दिन बिहान ७ बजे उठेर धरान २ छाताचौकको प्रभु श्रेष्ठ घरको एक छेउमा आएर जुत्ता सिलाउन बस्नु उनको दैनिकी नै बनेको छ । भारतीय मुल्क तथा मधेशी दलित समुदायका राम विद्यालय जाने उमेरमा दलितले विद्यालय जानु हुदैन भन्ने गतल संस्कारका कारण उनी रोकिए । अध्ययन गर्ने सपना अधुरै भएपछि एक कक्षा सम्म पनि पढ्न पाएन् । बापदादा (बाउ–बाजे)ले गरिआएको पुखौली पेशा, जुत्ता सिलाउने नभएपनि रामको जीवन गुजाराको सारथी नै बनेको छ फाटेको जुत्ता सिलाई । अनि धानिएको छ सिंगो १० जनाको परिवार । उनका अन्य परिबारका सदस्यहरु भारतमै भए पनि उनले कमाएको पैसाले सुनसरीको धरानमा बसेर आफनो जीवन तथा भारतमा भएका घरपरिबार पनि पाल्ने गरेको सुनाए । आफुले सिकेको सिपलाई उपयोग गर्दै जीवन धान्न पाएकोमा गर्व छ उनलाई । च्यातिएको जुत्ताले आफनो जीवन सिलाईरहेको उनी बताउँछन्, “देखने से क्या होता है भगवान घरसे लिखकर आते है सव लोगोका जीवन” अर्थात देखेको भन्दा लेखेको हुने रहेछ, (फटा हुवा जुतो मे मेरा जीवन है ) च्यातिएको जुत्ताले मलाई र मेरो सारा परिवारको जीवनलाई बोकिरहेको छ हिन्दी भाषा मिसाउदै रामले सुनाए । घरमा जुत्ता सिलाई र निर्माण गर्ने उहाको पुस्तेनी पेशा होईन । उनका बुबा भारतको लखनाउमा मास्टर अर्थात शिक्षक भएर काम गरेको सुनाउनुहुन्छ रामले करिब ४० वर्ष पहिले भारतबाट नेपाल आउँदा उनले यही पेशा रोजेको सुनाए र त्यहीबेलादेखी नै उनले च्यातीएका जुत्ता सिलाई गर्नै काम गर्न थाले त्यती बेला उनलाई जुत्त चप्पल सिलाए वापत ग्राहकले ५ रुपैया दिन्थ्यो रामले भने । अहिले त्यही जुत्ता चप्पल सिलाएको १ सय देखी ३ सय सम्म हेरी हेरी लिने गरेको बताउँछन् । तर समयसंगै उनको श्रमको मूल्य पनि बढेको छ । शुरु, शुरुमा चौकचौकमा बसेर जुत्ता सिलाउदा हेपाहा प्रबृतिबाट हेर्नेहरु पनि थिए । वरपरका अरु व्यापारीहरुले पनि नहोच्याएका होईनन, तर समयसंगै उनलाई गर्ने व्यवहार पनि फेरिदै गएको सुनाउछन् उनी । यसको मुख्य कारण हो उनको मीठो बोली र काम प्रतिको लगाब । समाज परिवर्तनसंगै फेरिदै गएको मान्छेको सोच देखेर उनलाई अहिले खुसी लाग्छ । जुत्ता सिलाएर दैनिक पाच सय कमाउन उहाँलाई गाह्रौ छैन । तर खटिनु भने खुब पर्छ । काममा लाग्दा घर सम्म पुगेर खाना खाने फुर्सद हुदैन उनँलाई । जीवनको उर्जा्शिल समय च्यातिएका जुत्ता सिलाएरै बिताएका भारतीय मुलका शेखर रामको कामप्रतिको लगाव सिक्न लाएक छ । यती मात्र होईन शहर बजारका अन्य ब्यापारी जस्तै सटर भाडामा लिएर जुत्ता बनाएर बस्ने धोको छ उनको । तर उनीसँग भनेजती रकम अभाव भएको बताउँछन् । बाकसमा गर्दै आएको व्यापार सटर सम्म पुर्याउने धोको पनि उनको मनमा नै छ । तर आज सम्म भने जसो भएको छैन । उनको अथक मिहनेत र प्रयास कत्ति पनि कम भएको छैन । के यहि मेहनत र परिश्रम भारतीय मुल्का मधेशी दलित शेखर रामले झै हामी नेपालीले पनि गर्नै प्रयास गर्नै कि ? जसले गर्दा अर्काैको देशमा गएर दाशताको जिवन जिउन नपरोस् ।