1558247-ilam_tea_pluckers-ilamइलाम / यहाँका कृषकको अर्थाेपार्जनको मुख्य नगदेबाली चिया विदेश निर्यात गर्दा निकै महङ्गो मूल्य तिर्नु परिरहेको छ ।  नेपाली चिया विदेशी बजारमा मुश्किलले मात्र पुग्ने गरेको छ । नेपाली चिया विदेश निर्यात गर्दैआएका व्यापारीले एक किलो चिया विदेशी बजारमा पु¥याउन निकै महँगो मूल्य तिरिरहनुपरेको गुनासो गरेका छन् । चिया निर्यातमा महङ्गो कार्गो भाडाले अधिकाङ्श उद्योगीलाई कायल बनाइरहेको इलामका उद्योगी÷व्यवसायी बताउँछन् । प्रतिकिलो ९ सय रुपैयाँसम्म तिर्नुपरिरहेको उद्योगी तथा व्यापारीले बताएका छन् । तयारी चिया अमेरिका वा जर्मन निर्यात गर्नका लागि नौ डलरसम्म कार्गो भाडा तिर्नुपरिरहेको चिया उद्योगी ज्योति अधिकारीले राससलाई बताए । ‘मैले भर्खरै २० किलो चिया विदेश पठाएँ’, उनले भने, ‘तीन हजारको चिया ९ सय रुपैयाँ भाडा खर्चेर पठाउनुप¥यो ।’ थोरै चिया निर्यात गर्दा बढी रकम लाग्ने गरेको छ । धेरै चिया निर्यात गर्दा भने पाँच डलर जति मात्रै पर्ने व्यवसायी बताउँछन् । कतिपय देशबाट थोरै मात्र चियाको माग आउने गरेको छ । त्यस्ता खरिदकर्ताका लागि चिया निर्यात गर्दा बढी रकम लाग्ने गरेको उद्योगी बताउँछन् । ‘कोही थोरै–थोरै चिया माग गर्ने व्यापारी पनि हुन्छन्’, अधिकारीले भने, ‘थोरै माग्नेलाई पठाउँदा भाडा महङ्गो पर्छ ।’ थोरै चिया एयर कार्गोमार्पmत् विदेश पुग्छ । एयर कार्गोका लागि बढी मूल्य तिर्नुपरेको साना उद्यमीको गुनासो छ । थोरै चिया निर्यातका लागि पनि उत्ति नै प्रक्रिया पूरा गर्नुपर्छ । एकपटक चिया निर्यातका लागि कागजात पु¥याउन तीन÷चार दिन लाग्ने उद्योगी व्यवसायी बताउँछन् । किसानले थोरै परिमाणको चिया हुलाकमार्पmत् निकासीको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् । भारतलगायत चिया निर्यात गर्ने देशले चिया निर्यातमा त्यस्तो मूल्य छुट दिने गरेको चिया विज्ञ बताउँछन् । सरकारले केही खेतीबालीका लागि सहुलियतमा ऋणको व्यवस्था गरे पनि चिया खेतीलाई त्यस्तो सहुलियत नभएको केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्द दाहाल बताउँछन् । ‘ग्रामीण स्वावलम्बन कोषमार्पmत् सहुलियत दरमा ऋण लगानी हुन्छ’, उनले भने, ‘त्यो रकम वित्तीय संस्थाहरूले मात्रै परिचालन गर्न पाउँछन्, सहकारीले पनि सो रकम लिएर परिचालन गर्न पाउने व्यवस्था हुनुपर्छ ।’ बैङ्कहरूले चियालाई ऋण नदिँदा चिया खेती विस्तारमा प्रभाव परेको दाहालको भनाइ छ । चिया खेतीबाट उत्पादन लिन निकै समय पर्खिनुपर्ने जानकारी दिँदै उनी भन्छन्, ‘ऋण लिएको अर्को महिनादेखि किस्ता तिर्नलाई उत्पादन शुरु भएकै हुँदैन, त्यसैले चिया खेतीमा लगाइएको ऋणलाई लगानीका रूपमा हेरिनुपर्छ ।’ तरकारीलगायत विभिन्न बालीको बिमा शुरु भएपनि नगदेबालीको बिमा नभएकाले समस्या भइरहेको किसानको गुनासो छ । मुश्किलले उत्पादन गरेको बिक्रीका लागि विदेश पठाउनु पर्दा पनि चियाको मूल्यको एक तिहाइ रकम ढुवानी भाडामा खर्चनु परिरहेको उद्योगीको गुनासो छ ।