Trending Tags

एसिया

    Showing २१-३० of ४५३ items.
  • उहिलेको तिहार

    संस्कृति तुरुन्त बदलिँदैन, सभ्यता बदलिन्छ। मानिसहरु पहिले भोटो लगाउँथे, अहिले फूर्तिका साथ सर्ट, भेस्ट लगाउँछन्। हामी राष्ट्रियताको कुरा गछौँ तर, खानपान र लवाई सभ्यता पश्चिमा अपनाइरहेका छौँ। संस्कृतिसँग जीवनले प्राप्त गरेका अविस्मरणीय कुराहरु जोडिएका छन्। कुनै सिद्धान्त होलान्, कुनै प्रेमका कुरा होलान्, कुनै परम्पराका कुरा होलान्, कुनै नैतिकताका कुरा होलान्, कुनै सामाजिक नीति–नियमका कुरा होलान्। यी कुराहरु एउटा पर्वको रुपमा देखिन्छन्। यो एउटा संस्कृति भयो। यसलाई कसरी मनाउने भन्ने बाहिरी कुरा हो तर, यसको महत्व उही रहन्छ। त्यो भित्री कुरा हो। जुन मानवीय मूल

    • प्रकाशित मितिः कार्तिक २२, २०७५
    • ६६८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तिहारको चौथो दिन आज गोरु तिहार तथा म्हः पूजा

    धरान / यमपञ्चकको चौथो दिन आज गोवर्धन पूजा गरी मनाइादैछ । आजका दिन घर आागनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोर्वधन पर्वतको आकृति बनाई पूजा गर्ने गरिन्छ । किसानहरुले आज वर्षभरि जमिन जोत्न र गाडा तान्न सहयोग गर्ने गोरुलाई विभिन्न परिकार बनाई खुवाउने र पूजा गर्ने गर्दछन् । ग्रामीण भेगमा घरदेखि गोठसम्म तोरण टाङने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले आफ्नो हातले गोर्वधनन पर्वत उचाली गोकुलवासीलाई वर्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले सोहीबेलादेखि गोर्वधनन पर्वतको पूजा गर्ने चलन रहेको धार्मिक विश्वास छ । गाईको गोबरले घर तथा आागन लिपपोत गर्नाले अन्य शत्रु जीवाणुले आक्रमण गर्न सक्दैन भन्ने

    • प्रकाशित मितिः कार्तिक २२, २०७५
    • ७४४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेवारी दुलर्भ नाच चर्या प्रदर्शन

    धरान/नेवा सांस्कृतिक उत्थान मञ्चले नेवारको मौलिक दुर्लभ नाच चर्या नृत्य प्रदर्शन गर्ने भएको छ ।  शुक्रबार पत्रकार सम्मेलन गर्दै मञ्चले कात्तिक १२ गते भानुचोकमा नृत्य प्रदर्शन गर्ने भएको हो । दुर्लभ चर्या नृत्यसँगै महामञ्जुश्री, कौमारी, काली, भैरव र बज्रयोगिनी साथै आधुनिक नृत्यसमेत प्रदर्शन गरिने कार्यक्रमका मूल संयोजक विश्वबन्धु ताम्राकारले जनाए । चर्या नृत्य बुद्ध धर्मको तान्त्रिक विद्याको एक सशक्त कला प्रस्तुति हो । कलाकारले ध्यानश्चर्या अर्थात् ध्यानभावमा ढालिएर नृत्यद्वारा प्रस्तुति दिने गर्दछन् । यस नृत्यमा पञ्चबुद्ध मानिएका अक्ष्योम्य, रत्नसम्भव, अभिताभ, अमोधसिद्धि र वैचोरनका ध्यानम

    • प्रकाशित मितिः कार्तिक १०, २०७५
    • १,३४६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गरिबकाे दशै जाेहाे !(फाेटाे फिचर)

    धरान / दशै धनीका लागि दशै तर गरिवका लागि 'दशा' हुने गरेकाे छ । बेलका नगरपालिका २ पुरन्दहका यि चाैधरी परिवारका लागि पनि दशै दशा भयाे । छिमेकीमा ठूलाे खसी नवमी विहिबार काटियाे । उनकाे घरमा दशै अाएकाे थिएन । ४५ बर्षिय  पुरण चाैधरीलाई दशै विदा पनि थिएन । उनी मजदुरी गर्न निस्केका थिए । उनका दुई छाेरा र श्रीमति भने बेलुकाकाे छाक टार्न नजिककाे खेतकाे कुलाेमा माछा मार्न व्यस्थ्य थिए । दुई वटा बल्छी र एउटा जाल लिएर माछा खाेजिरहेका थिए । १२ बर्षिय छाेरा श्रीकान्तले भने- 'दशै यही माछा खाएर मनाईन्छ ।' तस्विर:देबेेेन्द्र कार्की

    • प्रकाशित मितिः कार्तिक २, २०७५
    • ७८८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आज महानवमी

    रासस/ आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ । प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ । सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिँदै छ ।

    • प्रकाशित मितिः कार्तिक १, २०७५
    • ७२० पटक पढिएको
    • ब्लाष्ट खबर
  • वली प्रथाले दशैको वदनाम

    दशै हिन्दु धर्मावलम्वीहरुको एक महान चाड हो । यो चाडमा दश दिन सम्म विभिन्न देवीदेउताको पुजाआजा गर्नुको साथै टाडा टाडा वाट आएका आफन्त ईष्टमित्र, भाईवन्धु सग भेटघाट गर्ने, रमाईलो महसुस गर्ने सामाजिक एकताको प्रतिकको रुपमा लिईन्छ । समाज उत्थानमा यो चाडको सकारात्मक पक्ष धेरै छन । यसको वास्तविक उद्धेश्य वुभ्mने हो भने यो चाड हिन्दुले मात्र होईन समस्त मानव समाजले मनाउदा फरक पर्दैन थियो । तर हिजोआज यो चाडमा अनावश्यक तडकभडक , फजुल खर्च , पशुपन्छिलाई मारेर दिईने वलि प्रथाले दशै चाड प्रति नै मानिसहरुमा वितृष्णा उत्पन्न हुन थालेको छ । हिन्दू धर्ममा कतै पनि वर्णन नगरीएको वली प्रथालाई केहि स्वार्थी विद्धा

    • प्रकाशित मितिः कार्तिक १, २०७५
    • ८०६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आज पूर्वका शक्तिपीठहरुमा घुइँचो(तस्विरसहित)

    धरान  / विजया दशमीको अवसरमा सुनसरीको धरानस्थित दन्तकाली, सप्तरीको छिन्नमस्ता, कंकालिनी सहितका शक्ति पीठहरुमा दैनिक पूजाआजा गर्न श्रद्धालु भक्तजनको व्यापक भींड बढेको छ । दन्तकाली मन्दिरमा विहानैदेखि प्रत्येक दिन नौरथा मेला लागिरहेको छ । आज महाअष्ठिमीको पूजा आराधाना भईरहेको छ । विहानैदेखि पशुबली दिनेहरुको भीड लागेको छ ।         सुनसरीको धरान उपमहानगरस्थित विजयपुर डाँडामा पर्ने दन्तकालीको चर्चा रुद्राक्षारण्य महात्म्यले गरेको छ । तीन तहको छाना युक्त नेपाली तले शैलीमा निर्मित यो मन्दिरको छाना माथि धातुको आकर्षक गजुर पनि राखिएको छ । दन्

    • प्रकाशित मितिः आश्विन ३१, २०७५
    • ७५१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अाज महाअष्टमी र कालरात्रि पुजा

    काठमाडौँ /  आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने शास्त्रमा वर्णन गरिएको धर्म

    • प्रकाशित मितिः आश्विन ३१, २०७५
    • ५६२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आज फूलपाती, धुमधामका साथ भित्र्याइँदै

    धरान / आज फुलपाती, बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ । कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाती भित्र्याईन्छ । दसैंघरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्र्याईन्छ । काठमाडौको वसन्तपुरमा भने गोरखा दरबारको दसैंघरबाट ल्याइएको फुलपाती परम्परा अनुसार नै भित्र्याईंद

    • प्रकाशित मितिः आश्विन ३०, २०७५
    • १,३०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • शुभकामना सन्देश !

     

    • प्रकाशित मितिः आश्विन २९, २०७५
    • १,५२६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved