धरान / दशै धनीका लागि दशै तर गरिवका लागि 'दशा' हुने गरेकाे छ । बेलका नगरपालिका २ पुरन्दहका यि चाैधरी परिवारका लागि पनि दशै दशा भयाे । छिमेकीमा ठूलाे खसी नवमी विहिबार काटियाे । उनकाे घरमा दशै अाएकाे थिएन । ४५ बर्षिय  पुरण चाैधरीलाई दशै विदा पनि थिएन । उनी मजदुरी गर्न निस्केका थिए । उनका दुई छाेरा र श्रीमति भने बेलुकाकाे छाक टार्न नजिककाे खेतकाे कुलाेमा माछा मार्न व्यस्थ्य थिए । दुई वटा बल्छी र एउटा जाल लिएर माछा खाेजिरहेका थिए । १२ बर्षिय छाेरा श्रीकान्तले भने- 'दशै यही माछा खाएर मनाईन्छ ।' तस्विर:देबेेेन्द्र कार्की