धरान / यमपञ्चकको चौथो दिन आज गोवर्धन पूजा गरी मनाइादैछ । आजका दिन घर आागनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोर्वधन पर्वतको आकृति बनाई पूजा गर्ने गरिन्छ । किसानहरुले आज वर्षभरि जमिन जोत्न र गाडा तान्न सहयोग गर्ने गोरुलाई विभिन्न परिकार बनाई खुवाउने र पूजा गर्ने गर्दछन् । ग्रामीण भेगमा घरदेखि गोठसम्म तोरण टाङने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले आफ्नो हातले गोर्वधनन पर्वत उचाली गोकुलवासीलाई वर्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले सोहीबेलादेखि गोर्वधनन पर्वतको पूजा गर्ने चलन रहेको धार्मिक विश्वास छ । गाईको गोबरले घर तथा आागन लिपपोत गर्नाले अन्य शत्रु जीवाणुले आक्रमण गर्न सक्दैन भन्ने विश्वास गरिन्छ । म्हः पूजा

यस्तै नेवार समुदायले आफ्नो शररिलाई पूजा गरी आज म्हः पूजा मनाउादैछन् । नेपाल सम्वत अनुसार प्रत्येक वर्ष कछलात्व पारु अर्थात् कात्तिक शुक्ल प्रतिपदा तिथिमा नेवार समुदायले म्हःपूजा अथार्त आफ्नो शरीरको पूजा गरी सगुन लिन्छन् । परिवारका मुली महिलाले सवै सदस्यको शरीरको पूजा गरि हाास वा कुखुराको फुल सगुन अर्पण गर्ने परम्परा छ । यो पर्वमा परिवारका प्रत्येक सदस्यलाई पूर्वसम्मुख पारेर एकएक वटा मण्डल बनाई परिवारका मुलदेखि सबैलाई क्रमबद्ध रुपमा पूजा गरिन्छ । संसारमा सबैभन्दा ठूलो आत्मा हो ।

आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनुुका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिादै आएको धामिर्क मान्यता छ । म्हः पूजामा जमिनबाट उब्जने सबै प्रकारका खाने कुरा प्रयोग गर्ने गरिन्छ । स्वास्थ्य जीवनका लागि सबै खाद्यवस्तुको आवश्यकता र उपयोगिता समान हुन्छ भन्ने सन्देशका साथै वर्षभरि नै खान पाईयोस् भन्ने कामनाका साथ ती अन्न पुजामा प्रयोग गर्ने गरिन्छ । गोरु तिहार यसरी शुरु भयो श्रीकृष्ण गोकुलमा गोपालहरुसँग बस्थे । गोपालहरुले वर्षेनी इन्द्रको पूजा गर्थे । तर इन्द्रबाट केही पनि पाउँदैन थिए । एक वर्ष श्रीकृष्णले गोकुलवासीहरुलाई इन्द्रको पूजा गर्नुभन्दा खनिज, घाँस, पानी र दाउरा दिने गोवद्र्धन पर्वतको पूजा गर्नु राम्रो हो भने । सबै जना श्रीकृष्णको भनाइमा राजी भए । हर्षोल्लाषका साथ गोवद्र्धन पूजा गरियो । आफ्नो सट्टा गोवद्र्धन पर्वतलाई पूजा गरेको भन्दै इन्द्र रिसाए । उनले गोकुलमा लगातार असिना पानीको वृष्टि गराए । गोकुल डुब्न थालेपछि श्रीकृष्णले गोवद्र्धन पर्वतलाई हातले उचाले र सबै गोकुलवासीलाई आश्रय दिए । अन्त्यमा इन्द्रले आफ्नो हार स्वीकार गर्दै कृष्णसमक्ष क्षमा मागे । भनिन्छ, त्यसै समयदेखि गोवद्र्धन पूजाको आरम्भ भएको हो ।