धरान  / विजया दशमीको अवसरमा सुनसरीको धरानस्थित दन्तकाली, सप्तरीको छिन्नमस्ता, कंकालिनी सहितका शक्ति पीठहरुमा दैनिक पूजाआजा गर्न श्रद्धालु भक्तजनको व्यापक भींड बढेको छ । दन्तकाली मन्दिरमा विहानैदेखि प्रत्येक दिन नौरथा मेला लागिरहेको छ । आज महाअष्ठिमीको पूजा आराधाना भईरहेको छ । विहानैदेखि पशुबली दिनेहरुको भीड लागेको छ ।         सुनसरीको धरान उपमहानगरस्थित विजयपुर डाँडामा पर्ने दन्तकालीको चर्चा रुद्राक्षारण्य महात्म्यले गरेको छ । तीन तहको छाना युक्त नेपाली तले शैलीमा निर्मित यो मन्दिरको छाना माथि धातुको आकर्षक गजुर पनि राखिएको छ । दन्तकाली मन्दिरमा पुजनिय बस्तु दाँत आकारको पथ्थर हो, जसलाई स्वस्थानी ब्रत कथामा आधारित सतीदेवीको दाँत मानिन्छ, जहाँ सतीदेवीको दाँत पतन भएको जन विश्वास छ । यसै आधारमा यस मन्दिरलाई दन्तकाली मन्दिर भनिएको हो । दन्तकाली भेगबाट रमणिय धरान बजारको सम्पूर्ण भु–भाग, उत्तरतिरका केहि हरियाली पहाडहरु रतराईका फाँट तथा चारकोशे झाडीको सुन्दर दृष्यावलोकन यहाँबाट गर्न सकिन्छ । तसर्थ यस भेगको पर्यटन विकासका दृष्टिले पनि यसको बिशेष महत्व छ । दन्तकाली भेगमा दशैको नौरथाभर यस मन्दिरमा मानिसहरुको ठूलो भिडभाड लाग्दछ भने प्रत्येक शनिवारका दिन पनि यस मन्दिर परिसरमा दर्शनार्थि र भक्तालुहरुको ठूलो भीडभाड लाग्ने गर्दछ । नेपाल एकिकरण पूर्व बिजयपुर राज्य का सेन वंशी राजा हरूको ईष्टदेवीको रूपमा पुजित यो शक्तिपीठको महिमा परापूर्वकाल देखि उत्तिकै महत्वकासाट हेरिएको छ । दन्तकालीको मन्दिर वि।सं। २०३५र३६ सालसम्म सामान्य प्रकारको थियो हाल भने त्यसपछि यस स्थानमा भब्य तले शैलीको मन्दिर बनाइएको छ । दन्तकाली क्षेत्रमा दशैंको नौरथामा मेला लाग्दछ । त्यस समयमा धरान बजारका प्राय सबै मानिसहरू दन्तकालीमा पुग्ने गर्दछन् । दशैमा यहाँ ठूलो मेला लाग्ने गरेको छ । यस बाहेक तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि दन्तकालीमा मेला लाग्ने गर्दछ । शक्ति पीठ भएकाले माघ महिनामा विशेष मेला लाग्छ । छिन्नमस्ता शक्तिपीठ यता सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अवस्थित सखडेश्वरी भगवती शक्तिपीठ र हनुमाननगर कंकालिनी नगरपालिकाको कंकालिनी मन्दिरमा पूजाआजा तथा दर्शन गर्न आउनेहरुको भींड बढेको हो । छिन्नमस्तामा अवस्थित भगवतीलाई छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी, सखडा माता भनेर पूजा–अर्चना र भाकल गरिन्छ । सखडेश्वरीको मस्तक अर्थात शीर नभएका कारण स्थानीय भक्तजनले छिन्नमस्ता तथा छिन्नमस्तिका भगवती भनेर सम्बोधन गर्न थालेका हुन् । सखडेश्वरी सिम्रौनगढका कर्णाटवंशी राजा शक्रसिंहको कुलदेवी रहेको इतिहासमा उल्लेख छ । इतिहासविद् हरिकान्तलाल दासका अनुसार राजा शक्रसिंह भाइ–भारदारको दबाबका कारण आफ्ना छोरा कुमार हरिसिंहदेवलाई राजकाज सुम्पेर शेष जीवन बिताउन सप्तरीको सखडा क्षेत्र आएका थिए । त्यतिबेला सखडा क्षेत्र घना जङ्गलले भरिएको थियो । त्यसै बेला राजा शक्रसिंहलाई भगवतीले सपना दिइन र भनिन्— तिमी जुन स्थानमा बसिरहेका छौ, त्यस स्थानमा त्रिशुल गाडिएको भेटिनेछ र त्यहाँ अरु मूर्ति पनि छेउ–छाउमा पाउने छौं । ती मूूर्तिहरूको पूजा–आजा गरेर बस, तिम्रो भलो हुनेछ । उपरोक्त कुरो भनेर देवी भगवती अन्तध्र्यान भइन् । देवी भगवतीले सपनामा दिएको निर्देशन अनुसार राजा शक्रसिंहले त्रिशुल गाडिएको क्षेत्रमा माताको मूर्ति जलाशय अर्थात हालको शान्ति सागरको किनारमा मूर्तिहरू फेला पारेको किंवदन्ती रहेको छ । सोही स्थानमा भगवतीको मूर्ति स्थापना गरेर पूजाआजा गर्न थाले । उनले आफ्नो बाँकी जीवन माताकै सेवामा बिताएको इतिहासविद् दासको तर्क छ । एघारौं शताब्दीको अन्त्यतिर भारत कलकत्ताका शासक गयासुद्दीन तुगलकको मुसलमानी आक्रमणकारी दलले सप्तकोशी नदीको किनारको बाटो हुँदै सखडा पीठ ध्वस्त ग¥यो । मन्दिर ध्वस्त गर्ने क्रममा उनीहरूले त्यहाँका मूर्तिहरू समेत तोडफोड गरी जलाशयमा फ्याकी दिए । मन्दिरको मूर्ति तोडफोड गरेर मुसलमानी आक्रमणकारी दल अगाडि बढ्यो । सोही क्रममा सखडादेखि १५ किमी पश्चिम–उत्तरस्थित सप्तरी जिल्लाकै मानराजा गाविसको गढीका मूर्तिहरू समेत तोडफोड ग¥यो । आक्रमणकारी दल काठमाडौंसम्म पुगेको इतिहास छ । त्यस क्रममा उनीहरूले सिम्रौनगढमा पनि तोडफोड मच्चाएका थिए । कालान्तरमा सखडाको घना जंगलले मानव बस्तीको रूप लिँदै गयो। घना जङ्गल सफा गर्ने क्रममा मन्दिरको अवशेष देखियो । उक्त अवशेषलाई स्थानीय बासिन्दाले संरक्षण गर्न थाले । सखडा क्षेत्रका विर्तवाल परिवारका च्याखुरी नानी नामकी विधवाले जलाशयको जिर्णोद्धार गराइन् । त्यस क्रममा खण्डित मूर्तिहरू भेटिए । ती खण्डित मूर्र्ितहरूलाई पोखरीको डिलमा स्थापित गरी उनले पूजाआजा गर्न थाले । आसपासका गाउँलेले समेत पूजाआजा गर्न आउन थाले । वि।सं। १८५० मा राजा राजेन्द्रविक्रम शाहले पुनः बिर्ता थामी दिए । कुल १२ बिगहा बिर्ता मन्दिर संरक्षण सम्वद्र्धन तथा पूजा–आजाका लागि हेमकुमार, ब्रजनाथ आ सुरेश तीनै उपाध्याय दाजुभाइलाई दिइएको थियो । भगवती मन्दिर पुनर्निर्माणको क्रममा वि।स। २०२८ मा भारतीय रेलमन्त्री ललित नारायण मिश्रले सखडेश्वरी भगवतीको महिमाबाट प्रभावित भएर चारैतिर बरण्डा भएको शिखरशैलीको मन्दिरको प्रारम्भिक काम गराएका थिए । कंकालिनी शक्तिपीठ यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकामा १ अवस्थित कंकालिनी भगवती मन्दिर स्थापित छ । पूर्वमा कोशी पश्चिम तटबन्धस“गै लोकमार्गको छेउमै अवस्थित यो शक्तिस्थल देश विदेशमा निक्कै चर्चित मानिन्छ । सदरमुकाम राजविराजदेखि १५ किलोमिटर पूर्व सुनसरी जिल्लाको सीमानामै स्थापित बैरवाका विर्तावाल उदयानन्द पण्डितलाई भगवतीले सपनामा भनेकी थिइन् । म भारदह गाउ“को पीपलको फेंदमा जमीनमुनि बसेकी छु । खनेर मेरो स्थान बनाएर स्थापना गर । म तिम्रो वंशको रक्षा गर्नेछु । सपना देखेको भोलिपल्ट उक्त स्थानमा खनेर हेर्दा भगवतीको मूर्ति भेट्टिएको बूढापाकाहरूको भनाइ रहेको छ । विर्तावाल उदयानन्दले उक्त स्थानमा मन्दिर बनाउन लाग्दा तत्कालीन राजाको तर्फबाट भीमसेन थापामार्फत मन्दिरमा दैनिक पूजापाठको बन्दोवस्त मिलाउन १० विगहा जग्गा प्रदान गरिएको थियो । तत्कालीन मन्दिर कोशी कटानमा परेपछि स्थानीयवासिन्दाहरूले टोलमा लगी साधारण फुसको घरमा कंकालिनी भगवतीको स्थापना गरेर पूजा–आजा गर्दैआएका थिए । सन् १९७२ मा हालको स्थानमा सारिएको थियो । भारतका तात्कालीन रेलमन्त्री ललितनारायण मिश्र विमान दुर्घटनामा पर्नलाग्दा सन् १९७० मा भाकल गरेका थिए । उनको भाकल पूरा भएपछि उनले शिखर शैलीको मन्दिर बनाएका थिए । उक्त मन्दिर जीर्ण भएपछि स्थानीय वासिन्दाहरूको विशेष सक्रियता तथा केही विशिष्ट व्यक्तिहरूको समेत सहयोगले पैगौडा शैलीको भव्य एवम् आकर्षक मन्दिर निर्माण गरियो । उक्त मन्दिरमा वि।सं। २०५९ साल असार महिनामा मूर्ति प्रतिष्ठापित गरियो । हालको मन्दिरको भव्यता तथा आकर्षण पूर्व–पश्चिम लोकमार्ग भएर जाने पर्यटक तथा यात्रुहरूको मन लोभ्याउने गर्दछ । प्रत्यक्ष रूपमा कंकालिनी भगवती दर्शन गर्न नभ्याए पनि सवारी साधनहरूबाटै भक्तजनहरूले अपार श्रद्धाका साथ शिर निहु¥याउने गर्दछन् । जिल्लाको प्रमुख पर्यटन केन्द्रको रूपमा रहेको यो शक्तिस्थलमा करिब तीन फिट अग्लो भगवतीको माताको खण्डित मूर्ति स्थापित छ । कालो चिल्लो पत्थरको कंकालिनी भगवतीले कुनै दानवलाई मारी उसको आन्द्रा विकराल दा“तले चपाउ“दै गरेको प्रष्ट देखिन्छ । मूर्तिनिर दानव र मूर्तिको दा“तमा आन्द्रा अल्झिएको जस्तो देख्न सकिन्छ । विकराल एवम् दुर्लभ मानिने यस्तो मूर्ति देशको अन्य कुनै शक्तिस्थलमा रहेको पाइ“दैन । पुरातत्वविद्हरूका अनुसार यस शक्तिस्थल र काठमाडौंको दक्षिणकालीमा रहेका मूर्तिहरू समकालीन हुन् । यस मन्दिरमा भाकल पूरा हुने जनविश्वास रहेको छ । खासगरी निःसन्तान महिलाले यहा“ भाकल गरेपछि सन्तानको प्राप्ति, नोकरीको अवसर, मुद्दामामिलामा जीत, दैवीप्रकोपका साथै अनिष्टहरू साम्य हुने गरेको स्थानीय भुक्तभोगीहरूको कथन छ । भाकल पूरा भएपछि राँगा तथा बोकाको बली प्रदान गर्ने गर्दछन् । यसबाहेक सामान्य रूपमा परेवा, मीठाई, तथा गरगहना समेत भक्तजनहरूले चढाउने गर्दछन् । महानवमीका दिन नेपालमै सबभन्दा सयौंको सङ्ख्यामा रा“गाको बली प्रदान हुने गर्दछ । यहा“को बलिप्रदान तथा महानवमी पूजा हेर्नका लागि नेपाल तथा भारतको विभिन्न स्थानहरूबाट हजारौंको सङ्ख्यामा श्रद्धालुभक्तजनहरू आउने गर्दछन् । धनकुट्टा स्थितका तत्कालीन पुनरावेदन अदालतमा मुद्दा लड्न जानेहरूले यस शक्तिस्थलमा भाकल गरेर जाने गर्दथे । मनोकामना समेत पूर्ण भएको प्रत्यक्षदर्शीहरूको अनुभव रहेको छ । यता राजविराजको चण्डी दुर्गा भगवती, डाक्नेश्वरी नगरपालिका स्थित डाक्नेश्वरी भगवती, हनुमाननगर कंकालिनी नगरपालिकाको योगिनीमाइ लगायतका शक्तिस्थलहरुमा भक्तजनहरुको घुइँचो बढेको छ । यस अतिरिक्त गाउँगाउँमा दुर्गा भवानी, काली आदिको मूर्ती बनाएर विशेष पूजाआराधना तथा दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिंदैछ । आज यहाँ हजारौ राँगा बोकाको बलि दिने गरिन्छ ।