banner

    Showing २१-३० of १७४ items.
  • 'हनी ट्रयापिङ' समुह झापामा सक्रिय, चार पक्राउ

    बिर्तामोड । युवतीको माध्यमबाट (हनी ट्रयापिङ) बाट व्यसायीलाई बन्धक बनाउदै ४० लाख रुपैंयाँ असुल गर्न खोज्ने गिरोहका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोडका एकजना ब्यवसायीलाई बन्धक बनाएर रकम असुल गर्न खोज्ने एक युवतीसहित चारजनालाई बिर्तामोड प्रहरीले पक्राउ गरेको हो । असार अन्तिम साता बिर्तामोडमा नाम चलेका एकजना व्यवसायीलाई नचिनेको नम्बरबाट फोन आयो । दुबैबीच परिचय भयो । मीठो स्वर भएका कारण उनी फोन गर्ने युवतीबाट प्रभावित भए । व्यवसायीले पनि त्यसपछि लगातार युवतीलाई फोन गर्न थाले । उनीहरुको इमो, भाइबरमा उनीहरुको माया, प्रेम हुँदै सेक्ससम्मका कुरा हुन थाले । साउन १ गते युवतीले आफु बिर्तामोडक

    • प्रकाशित मितिः श्रावण ७, २०७६
    • १,४२६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तस्विरमा सुनसरी उद्याेग वाणिज्य संघकाे निर्वाचन, मत गणना शुरू

    धरान । सुनसरी उद्योग वाणिज्य सङ्घको अाज (साेमबार) भएकाे निवार्चनकाे मतगणना सुरू भएकाे छ । निर्वाचन उपसमितिका अनुसार अध्यक्षसहित वाणिज्यतर्फ ९ जना, उद्योगबाट ४ जना, एशोसियटतर्फ ३ जना वस्तुगततर्फ २ र मनोनित ४ गरी कुल २३ सदस्य कार्यसमितिमा रहनेछन् । सोही पदका लागि अध्यक्षमा २, वाणिज्यतर्फ १६ जना, वाणिज्य महिलातर्फ २ जना २, उद्योगबाट ८, एशोसियटबाट ६ जनाले उम्मेदवारी दिएका छन् । वाणिज्यमा १ हजार ५५, उद्योगमा ५ सय ९४, एशोसियटतर्फ ८३ र वस्तुगत तर्फ १६ जना छन् । कुल १ हजार ७४८ सदस्य रहेको संघको निर्वाचन  सम्पन्न भएपछि मत गणना सुरू भएकाे हाे ।  महिला सदस्यतर्फ एलिना मगरको मात्रै उम्मेद

    • प्रकाशित मितिः जेठ २७, २०७६
    • ८३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मापदण्डविपरीत धनकुटामा शहरी सडक निर्माण

    सन्तवीर लामा/ धनकुटाधनकुटा नगरपालिकाले आ.व.०७५/०७६ मा सञ्चालन गरेको भौतिक पूर्वाधारका कार्यक्रमहरू मध्ये वडा नं.७ स्थित तमोर भ्याली सडक खण्डमा भइरहेको रिङरोड सडकको निर्माण कार्य गुणस्तरहीन भइरहेको पाइएको छ । धनकुटा न.पा. वडा नं.७ तमोर भ्याली सडक खण्डमा शहरी सडक निर्माण कार्य भइरहँदा मापदण्डविपरीत काम भइरहेको जनगुनासो स्थानीय उपभोक्ताहरूबाट नगरपालिकामा आएपछि उप–प्रमुख एवम् अनुगमन समितिकी संयोजक शकुन्तला बस्नेतले शुक्रबार स्थलगत सडक अनुगमन गर्दा गुणस्तरहीन काम भइरहेको फेला परेको हो । गुणस्तरहीन काम भइरहेको फेला परेपछि नगर उपप्रमुख बस्नेतले झण्डै २ सय मिटर सम्पन्न गरिसकेको काम आफैंले भत्का

    • प्रकाशित मितिः चैत्र ९, २०७५
    • ३,९५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सरकारले पेलेरै ल्यायो चिकित्सा शिक्षा विधेयक

    धरान । संसद्ले प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको विरोधका वावजुद पनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । यही विधेयकको विरोधमा प्रा.डा. गोविन्द केसीले १६ औं सत्याग्रह गरिरहेका छन् । १५ औं सत्याग्रहपछि गरिएका सहमति लागू नगरेको भन्दै डा. केसीले इलामबाट १६ औं सत्याग्रह शुरु गरेका थिए । यता नेपाली काङ्ग्रेसले पनि विधेयक हुबहु लागू हुनुपर्ने भन्दै संसद् अवरुद्ध पार्दै आएको थियो । यसअघि सोमबार र मङ्गलबारको संसद् अवरुद्ध पारेको भए पनि शुक्रबारको संसद्बाट विधेयक पारित गरिएको हो । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरियोस् भन्ने शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलल

    • प्रकाशित मितिः माघ ११, २०७५
    • ५२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भारतमा बेचिएकी धरानकी चेलीको उद्धार

    धरान / भारतको दिल्लीमा बेचिएकी धरानकी एक १६ वर्षीया किशोरीको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूतावासको पहलमा माइती इण्डिया र दिल्ली प्रहरीसमेतको सक्रियतामा बेचिएकी चेलीको उद्धार गरी नेपाल ल्याइएको हो । बिक्री गर्नमा संलग्न धरान–१७ का ३१ वर्षीय सन्तोष राईलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । पुष १६ गते बेचिएको भन्दै पीडित किशोरीको दाजुले दिएको निवेदनको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । दूताबासको पहलमा दिल्ली प्रहरीसहित नेपाल प्रहरीले पुष २४ गते उद्धार गर्न सफल भएको थियो भने पुष २९ गते नेपाल ल्याइएको थियो । बेचविखनमा संलग्न राईलाई मानव बेचबिखन तथा ओसारपसार मुद

    • प्रकाशित मितिः माघ ३, २०७५
    • १,१०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • साहित्यकार शरण राई भन्छन्–‘महिनौंसम्म नुहाउन्थ्यौं’

    भाइबहिनी हो, आज हामीले ३८ वर्ष त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसहरूमा अध्यापक गरिसकेका सहप्राध्यापक तथा साहित्यकार शरणकुमार राईको कथा भन्ने प्रयास गरेका छौं । २००४ चैत्र २४ गते जन्मिएका राईको पाठशाला शिक्षाको प्रारम्भ कसरी भयो त ? उनकै शैलीमा । भोजपुरको छिनामखु गाउँबाट २० मिनेटको उकाली–ओराली हिँडाइ पछि त्रिभुवन धर्मोदय प्राथमिक पाठशाला आइपुग्थ्यो । बाजे र बुबाको प्रेरणाले नै सानै उमेरमा स्कुल जाने वातावरण मिल्यो । बाजे ऊ बेला प्रहरीको हवल्दार पदमा कार्यरत भएकाले काइते अक्षर लेख्नुहुन्थ्यो । पढाउनुपर्छ भन्ने बाजेमा चेत थियो । बुबा ७ वर्ष पल्टन लाहुरमा बसेको र नेपालमा रक्षा दलमा क्

    • प्रकाशित मितिः माघ ३, २०७५
    • ६८६ पटक पढिएको
    • भाेजराज श्रेष्ठ
  • प्रहरी हवल्दारमाथि गोली प्रहार

    राजविराज । हतियारधारी एक समूहले सप्तरीमा प्रहरी हबल्दारमाथि गोली प्रहार गरेर फरार भएको छ । मोटरसाइकलमा आएका २ जनाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी हबल्दार महेन्द्रप्रताप यादवलाई गोली हानी फरार भएका हुन् । खडक नगरपालिका–८ विशनपुर चोकमा ड्युटीमा रहेका यादवलाई साँझ साढे आठ गोली प्रहार गरिएको हो । गोली प्रहार गरेर उनीहरू बोदेबरसाइन बजारतर्फ भागेको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए । हतियारधारी समूहले प्रयोग गरेको मोटरसाइकलको नम्बरको खुलेको छैन । गोली प्रहारबाट घाइते हबल्दार यादवलाई तत्कालै उपचारका लागि विराटनगरस्थित न्यूर

    • प्रकाशित मितिः माघ ३, २०७५
    • ७४८ पटक पढिएको
    • शिवहरिप्रसाद भट्टराई
  • बीपी प्रतिष्ठानको विशेषज्ञ टोली गृहले रोकेको भन्ने सबै अफवाह होः उपकुलपति

    धरान । चिकित्सा शिक्षा सुधारको माग राखेर १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको उपचारका लागि बीपी प्रतिष्ठानबाट हिडेको टोलीलाई गृहले रोकेको भन्ने खबर हल्लामात्रै भएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले बताएका छन् । उनले डा. केसीको उपचारको लागि बीपी प्रतिष्ठानका टोली तयारी अवस्थामा रहेको बताए । उनले गृहबाट कुनै पनि चिकित्सकलाई रोकेको भन्ने खबर हल्ला मात्रै रहेकाले त्यसका पछि नलाग्न सबैलाई आग्रह गरे । उनले भने,–‘यो सबै हावा कुरा हो । यस्तो हल्ला कहाँबाट आउँछ । हाम्रो टोली तयारी अवस्थामा छ । बीपीले पनि डा. केसीको उपचारका लागि आइसियु तयारी अवस्थामा राखेको छ ।’

    • प्रकाशित मितिः माघ १, २०७५
    • ५११ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बलिमान र पदमकुमारी राई दम्पतीलाई जन्मकैद

    धरान / धरान–१६ को चर्चित १३ वर्षीया बालिका अनुषा राई हत्या प्रकरणको अन्तिम सुनुवाइ सोमबार भएको छ । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा धर्मपिता बलिमान राई र उनको पत्नी पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाइएको हो । मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार उनीहरूलाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले जानकारी दिए । जन्मकैद अनुसार २५ वर्ष जेल सजाय हुने व्यवस्था छ । जिल्ला अदालत ७ नम्बर इजलासका न्यायाधीश खिमानन्द भुषालको इजलासले राई दम्पतीलाई जन्मकैदको फैसला सुनाइएको प्रवक्ता गिरीले जानकारी दिए । अदालतले करिब २२ महिनापछि मुद्दाको अन्तिम फैसला गरेको हो

    • प्रकाशित मितिः पुष ३०, २०७५
    • ३,७९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • थ्री स्टार सम्झिइने इटहरी गाेल्डकप माघ १२ देखि

    इटहरी । शहीद स्मारक ए डिभिजन लिगमा तेस्रो बनेको थ्री स्टार क्लब मदन भण्डारी स्मृति इटहरी गोल्डकपमा सम्झिइने नाम हो । किनकी इटहरी गोल्डकपको पहिलो संस्करणमा केही समय एन्फासँगकाे विवादका कारण स्थगित गर्दै डेढ वर्षपछि पुनरागमन गरेकाे थ्री स्टारले उपाधि उचालेको थियो । त्यही गोल्डकपको दोस्रो संस्करण माघ १२ देखि हुँदै छ । साविक विजेता थ्री स्टारको आगमनसँगै विदेशी क्लबले पनि सहभागिता जनाउने सङ्केत आयोजक राष्ट्रिय जागृति क्लबले सोमबारको पत्रकार सम्मेलनमा गरेको छ । दशकदेखि नै राष्ट्रिय जागृतिले इटहरीमा फुटबल प्रतियोगिता गराउँदै आएको थियो । त्यसबेला बी डिभिजनस्तरको प्रतियोगिता गराउने जागृतिले गतवर्षबाट

    • प्रकाशित मितिः पुष ३०, २०७५
    • ७६५ पटक पढिएको
    • धनबहादुर पुरी

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved