अमेरिकी खुफिया अधिकारीका अनुसार अल कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा महजा बिन लादेनको मृत्यु भएको छ ।

यद्यपि महजाको मृत्यु कहिले र कहाँ भएको हो, यसबारे स्पष्ट हुन नसकेको बिबिसीले जनाएको छ ।

यसै वर्ष अमेरिकी सरिकारले हमजाको ठेगाना बताउने व्यत्तिलाई १० लाख यसएस डलर दिने घोषणा गरेको थियो ।

हमजाको उमेर ३० वर्ष रहेको बताइएको छ । उनले अमेरिकी र अन्य देशमा हमला गर्ने र भिडियो सन्दे्श जारी गरेका थिए  ।

हमजा मृत्युको खबर पहिले एनबीसी र न्युयोर्क टाइम्सले छापेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइट हाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले यस मामिलामा बताउन अस्वीकार गठरे ।

हमजा बिन लादेनले आफ्ना पिताको हत्याको बदला लिने समेत बतएका थिए । मे सन् २०११ मा अमेरिकी स्पेशल फोर्सको कारबाहीमा ओसामा बिन लादेनको मृत्यु भएको थियो ।

हमजाले अरबका नागरिकसँग पनि विद्रोहको अपिल गरेका थिए । यो वर्ष मार्चमा साउदी अरबले हमजाको नागरिकता समाप्त गरिदिएको थियो ।

हमजाका बारेमा निकै कम जानकारी
हमजा इरानमा नजरबन्दमा रहेको पनि बताइँदै आएको छ । तर केही रिपोर्ट्समा उनी सायद अफगानिस्तान, पाकिस्तान वा सिरियामा रहेको हुनसक्ने अनुमान गरिएको थियो ।

अमेरिकी सेनाले उक्त भिडियो पाएको बताइएको थियो, जुन हमजाको विवाहको थियो । हमजाको विवाह अलकायदाका वरिष्ठ नेताकी छोरीसँग भएको समेत बताइएको थियो ।

हमजाका नयाँ ससुरा अब्दुल्लाह अहमद अब्दुल्लाह वा अबु मोहम्मद अल मासरी तंजानिया र केनियामा अमेरिकी दूतावासमा भएको हमलाामा दोषी ठहर्याइएको थियो । यो आक्रमण सन् १९९८ मा भएको थियो ।

अमेरिकामा सेप्टेम्बर सन् २००१ मा भएको आक्रमणका लागि अलकायदालाई जिम्मेवार मानिन्छ ।

बीबीसी संवाददाता क्रिस बकलरका अनुसार हमजाको उमेरका बारेमा कुनै पुष्टि भएको अमेरिकी अधिकारीले पाएका छैनन् ।

यसबाटै थाहा पाइन्छ कि हमजा बिन लादेका बारेमा कति थोरै जानकारी छ भन्ने ।

हालै हमजा अफगानिस्तानमा छन्, त कहिले पाकिस्तान वा इरानमा । तर, अमेरिकी अधिकारीले कहिल्यै पनि दावाका साथ भन्न सकेका छैनन्, अमेरिकाका मोस्ट वाण्टेडका सूचीमा रहेका हमजा आखिर कहाँ छन् ?

दस लाख अमेरिकी डलर पुरस्कार राशिले हमजालाई कति खतरनाक रहेछन् भन्ने प्रमाणित गरिदिएको छ ।