प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) केहीबेर अघि मोरङ आइपुग्नुभएको छ। उनले नेपाली सेनाको हेलिकप्टरबाट यहाँ आइपुगेका हुन्। 

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री दाहाल आएका हुन्। उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विश्वविद्यालयका पदाधिकारीले स्वागत गरेका छन्।