कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले मुलुकमा समृद्धि हाँसिल कृषि र पशुपालन क्षेत्रको आधुनिकीकरण र बजार व्यवस्थापन गर्नुपर्ने बताए  छन्।

पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद्, काठमाडौँद्वारा आज यहाँ आयाजित दर्ता हुनेवाला पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुलाई आयोजित अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै उनले कृषि क्षेत्रमा प्रविधि र व्यावसायिकीकरण गर्न आवश्यक छ भने । 

उनले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ व्यावसायिक र कर्मचारीहरुको हितमा रहेको जनाउँदै कर्मचारी र व्यवसायीकको माग आगामी दिनमा सम्बोधन हुँदै जाने छ भने।

परिषद्का उपाध्यक्ष जनकबहादुर रावलले किसानलाई गुणस्तरजन्य पशुजन्य उत्पादनमा ऐन सहयोगी भएको बताए ।

परिषद्का अध्यक्ष देवेन्द्र यादव, मन्त्रालयका सचिव लेखराज डा लेखराज दाहाल ऐनले पाठ्यक्रम परिमार्जन, परीक्षा सञ्चालन, अनुगमन, आचारसंहिता पालन तथा अध्ययन अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्ने बताएक   छन्।

परिषद्का रजिष्ट्रार  पूर्णबहादुर वुढाले ऐनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। गोष्ठी प्रदेशका १४ जिल्ला पशु स्वास्थ्य क्षेत्रमा आबद्ध कर्मचारी एवं व्यवसायीहरुको सहभागिता थियो।