धरान । सुनसरी उद्योग वाणिज्य सङ्घको अाज (साेमबार) भएकाे निवार्चनकाे मतगणना सुरू भएकाे छ । निर्वाचन उपसमितिका अनुसार अध्यक्षसहित वाणिज्यतर्फ ९ जना, उद्योगबाट ४ जना, एशोसियटतर्फ ३ जना वस्तुगततर्फ २ र मनोनित ४ गरी कुल २३ सदस्य कार्यसमितिमा रहनेछन् । सोही पदका लागि अध्यक्षमा २, वाणिज्यतर्फ १६ जना, वाणिज्य महिलातर्फ २ जना २, उद्योगबाट ८, एशोसियटबाट ६ जनाले उम्मेदवारी दिएका छन् ।

IMG_20190610_111020 copy

वाणिज्यमा १ हजार ५५, उद्योगमा ५ सय ९४, एशोसियटतर्फ ८३ र वस्तुगत तर्फ १६ जना छन् । कुल १ हजार ७४८ सदस्य रहेको संघको निर्वाचन  सम्पन्न भएपछि मत गणना सुरू भएकाे हाे । 

IMG_20190610_111016 copy 1

महिला सदस्यतर्फ एलिना मगरको मात्रै उम्मेदवारी परेकाले उनलाई निर्विरोध चयन गरिएको छ भने वस्तुगततर्फ शिवराज श्रेष्ठ र रामस्वरुप शर्माको मात्रै उम्मेदवारी परेकाले उनीहरू दुवै निर्वाचित भएका हुन् । 

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा  विजय श्रेष्ठ र  गिरीधारी सापकोटाले उम्मेदवारी दिएका छन् ।

IMG_9785 IMG_9790 IMG_9792 IMG_9794 IMG_9795 IMG_9798 IMG_9801 IMG_9813 IMG_9820 IMG_9823 IMG_9829