अमेरिकी अखबार वासिङटन पोस्टको फ्याक्ट चेकर्स डेटाबेसले डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति भएपछि अहिलेसम्म १० हजार ७ सय ९६ पटक झुठ बोलेको दावी गरेको छ । यतिमात्र होइन अमेरिकी राष्ट्रपति भएपछि ट्रम्पले दैनिक औसत १२ पटक ढाँट्ने गरेको बताइएको छ ।

भारत र पाकिस्तानी सीमा कश्मिर मामिलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तर्राष्ट्रिय ढाँटले पूरै विश्वमा तहल्मा मच्चिएको भारतीय सञ्चार माध्यम आजतकले उल्लेख गरेको छ । वासिङटन डीसीमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका साथ भेटघाटका क्रममा डोनल्ड ट्रम्पले भारतले कश्मिर मुद्दामा उनलाई मध्यस्थताको अपिल गरेको र आफू तयार रहेको बताएका थिए । यद्यपि भारतीय विदेश मन्त्रालयले तत्काल डोनाल्ड ट्रम्पको यो दावीलाई खण्डन गरेको छ ।

भारतीय विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति ट्रम्पसँग यस्तो कुनै प्रकारको अपिल नगरेको स्पष्ट पारेको छ । यसको अर्थ अमेरिकी राष्ट्रपति ट्रम्पले कश्मिर मामिलामा स्वेतझुठ बोलेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ट्रम्पको नाम ढाँट्नमै बद्नाम रहेको वासिङटन पोस्टको तथ्याङ्क छ ।

वासिङ्टन पोस्टको फ्याक्ट चेकर्स डेटाबेसका अनुसार राष्ट्रपति ट्रम्पको कुनै भनाइमा शंका लागेपछि त्यसको चेकजाँच गर्दा ट्रम्पले अधिकांश अभिव्यक्ति झुठो दिएको उल्लेख छ ।

यस अघि ट्रम्पले मेक्सिकोको पर्खाल बनाउने स्रोतको मञ्जुरीका लागि पनि झुठो दावी पेश गरेका थिए । यसबाहेक उनले कारोबार र अमेरिकी राष्ट्रपतिको चुनावमा रुसले दखल दिएको मामिलामा पनि कयौं पटक झुठ बोलेका थिए । फ्याक्ट चेकर्स डेटाबेसका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो झुठको दाबीसमेत कयौं पटक दोहो¥याएका छन् ।

meet trump

सोमबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटघाट गरेका थिए । यसै क्रममा ट्रम्पले भारत र पाकिस्तानको सम्बन्ध सुधारका लागि पहल गर्ने कुरा गरेका थिए । यसैबीच ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनी (ट्रम्प) सँग कश्मिर विवादलाई सुल्झाउन सहयोग र मध्यस्थता गर्न आग्रह गरेको र ट्रम्पले मध्यस्थता गर्न पाए आफूलाई खुसी हुने कुरो गरेको बताएका थिए । यद्यपि ह्वाइट हाउसद्वारा जारी गरिएको प्रेस रिलिजमा ट्रम्पले कश्मिरको सम्बन्धमा अभिव्यक्ति दिएको बारे उल्लेख गरिएको छैन ।

यता अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो दावीलाई भारतीय विदेश मन्त्रालयले खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले कश्मिर मामिलामा भारत–पाकिस्तान द्विपक्षीय कुराकानी गर्न सक्ने उल्लेख गरेको छ । कश्मिरमा भारत आफ्नो अडानमा छ र तेस्रो पक्षको हस्तक्षेप स्वीकार गर्ने छैन ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने, ‘ यदि भारत र पाकिस्तान कश्मिर मामिलामा अपिल गर्छन् भने उनी मध्यस्थताका लागि तयार छन् भन्ने हामीले अमेरिकी राष्ट्रपतिको टिप्पणी देख्यौं, प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यस्तो कुनै अपिल गर्नुभएको छैन, भारत आफ्नो अडानमा यथावत् छ ।’

imran trump meet

उनले भने, ‘पाकिस्तानका साथ सबै मुद्दामामात्र द्विपक्षीय बार्ता गर्न सकिन्छ । पाकिस्तानसँग त्यतिबेलामात्र कुरा हुन्छ जब उसले सीमामा आतंकवाद बन्द गर्छ । सिमला सम्झौता र लाहोर घोषणा भारत र पाकिस्तानका बीच द्विपक्षीय रुपमा सबै मामिला सुल्झाउने आधार हो ।’