विजयपुर । प्रतिनिधि सभा सदस्यमा काठमाडौं १ मा रञ्जु दर्शना विजयी भएकी छन् ।
शुक्रबार प्रत्यक्षतर्फको अन्तिम मत परिणाम अनुसार दर्शनाले १५ हजार ४ सय ५५ मत प्राप्त गरी बिजयी भएकी हुन् । कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३ सय ६४ मत ल्याएका छन् । राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत पाए । उनी २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएर राजनीतिमा जोडिएकी थिइन् ।
कुल २९ हजार ७७४ मत खसेको थियो । कुल सदर मत २९ हजार ८२ र बदर मत ६९२ रहेको छ































