विजयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता देखिएको छ । हालसम्म रास्वपा ३२ स्थानमा अगाडि देखिएको छ ।
त्यस्तै, नेपाली कांग्रेसले ४ स्थानमा अग्रता लिएको छ भने नेकपा (एमाले) ले ३ स्थानमा अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीले एक स्थानमा अग्रता लिएको छ ।






























