विजयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङ जिल्लाबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् ।
गौचन थकालीले ३ हजार ३ सय ७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
कांग्रेसले अन्य पाँच स्थानमा पनि अग्रता कायम गरेको जनाएको छ । ललितपुर–१ मा उदयशमशेर जबरा, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह तथा रसुवा जिल्लामा मोहन आचार्यले अग्रता बनाएका छन् । कैलाली–१ मा जनकराज चौधरी र सुर्खेत–२ मा नारायणकुमार कोइराला अगाडि रहेको प्रारम्भिक मतपरिणामले देखाएको छ ।































