विजयपुर । झापा क्षेत्र नं. ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ ।

मतगणना परिणामअनुसार रास्वपाका प्रकाश पाठकले २ हजार ३ सय ३१ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले १ हजार ६ सय ३ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका दिपक तिम्सिनाले ७ सय ८१ मत पाएका छन् । नेपाली कांग्रेसका राजेन्द्र घिमिरेले ५ सय ५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरी राजवंशीले ६ सय १८ मत पाएका छन् । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका डिल्लीराम घिमिरेले ८३ मत पाएका छन् ।