धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना धनकुटामा सुरु गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना सागुरीगढी गाउँपालिका–१ र २ नम्बर वडाबाट सुरु गरिएको हो । मतदान सम्पन्न भएपछि सर्वदलीय बैठकको सहमतिपश्चात् मतगणना प्रक्रिया प्रारम्भ गरिएको जनाइएको छ ।































