विजयपुर । मोरङ क्षेत्र नं. –६ मा नेपाली राष्ट्रिय स्वतन्त्र पार्टीकी रुबिना आचार्यले अग्रता ल्याएकी छन् ।
कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला फराकिलो मतान्तरले पछाडि परेका छन् । उक्त क्षेत्रमा रास्वपाका आचार्यले ३ हजार ४२३ मत ल्याएकी छन् भने डा. कोइरालाले भने ७ सय २८ मत पाएका छन् । एमालेका विनोद ढकालले भने ६ सय २७ मत पाएका छन् । सुन्दर हरैचा क्षेत्रको मत गणना हुँदा श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले ६०४ मत पाएका छन् । ६१३५ मत गणना भएको हो । त्यहाँ ५७३४ मत सदर भएको छ ।































