विजयपुर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको अग्रता देखिएको छ ।

लामिछानेले ३ हजार २ सय ६५ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का अस्मिन घिमिरेले १ हजार ५ सय १९ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रताप गुरुङले १ हजार २ सय ६० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी मीना खरेलले १ हजार ९४ मत प्राप्त गरेकी छन् ।