विजयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले प्रारम्भिक अग्रता लिएका छन् ।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उनले ७ सय ५० मत, नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले ३ सय मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका देउकुमार थेबेले २ सय ७१ मत प्राप्त गरेका छन् ।































