विजयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका विभिन्न क्षेत्रमा जारी मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४७ क्षेत्रमा अग्रता लिएको छ । रास्वपाले एक क्षेत्र जितेको छ ।
यस्तै, नेपाली कांग्रेसले ६ क्षेत्रमा अग्रता लिएको छ । नेकपा (एमाले) ले ४ क्षेत्रमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३ क्षेत्रमा अघि रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले पनि एक–एक क्षेत्रमा अग्रता कायम गरेका छन् ।































