विजयपुर । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीले अग्रता लिएका छन् ।

१ हजार मत गणना हुँदा ज्ञानेन्द्र शाहीले ५ सय ३० मत प्राप्त गरी अग्रता लिएका हुन् । यस्तै, नेपाल कम्युनिष्ट पार्टीका नरेश भण्डारीले ४ सय २९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका दीपबहादुर शाहीले १ सय ५१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका शान्तिलाल महतले ७४ मत पाएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी बिनिता कठायतले २ मत प्राप्त गर्दा नेपाल मजदुर किसान पार्टीका बिर्षबहादुर रावतले पनि २ मत पाएका छन् ।