विजयपुर । प्रतिनिधि सभा सदस्यको प्रारम्भिक मतगणना अनुसार रुकुमपूर्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ले अग्रता लिएका छन् ।
२ हजार ६ सय ३५ मत गणना गर्दा प्रचण्डले १ हजार ४ सय १५ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का उम्मेदवार लीलामणि गौतमले ४ सय ३१ मत ल्याएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४ सय १७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लखनकुमार थापाले १ सय ७६ मत प्राप्त गरेका छन् ।































