श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर २२ गते सोमबार, ८ डिसेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। पौष कृष्णपक्षको चतुर्थी तिथि ०४ः२५ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पुष्य भोलि ०३ः११ बजेसम्म उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०६ः४१ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हिम्मत गर्दा लक्ष्यको उचाइ प्राप्त हुने समय छ। पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कृषि र उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु गर्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धन आर्जन गर्ने मौका छ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। चिताएको काम सम्पादन हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सानो प्रयत्नले फाइदा बढ्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दाम र नाम कमाउने समय छ।साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। पेसा–व्यसायबाट मनग्य धन आर्जन हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेको सफलताले हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। लागत मूल्यांकन नगरी काम थाल्दा समस्या पर्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय लागे पनि यात्राको साइत जुर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ।
































