सुनसरी । धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। को १ ख ५३१४ नम्बरको बस इटहरी उपमहानगरपालिका–२०, पानीपिया क्षेत्रमा आज साँझ करिब ६:५५ बजे दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्का अनुसार घाइतेमध्ये २२ महिला र २ पुरुष रहेका छन्। सबै घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले जानकारी दिए।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
































