धरान । झापाको कन्काई नगरपालिका ३ नजिकैबाट प्रहरीले भन्सार छली गरी ल्याएको माछा बरामद गरेको छ ।

आइतबार करिब साढे ११ बजेतिर भन्सार छली साथै क्वारेन्टिनमा समेत नदेखाई अवैध रूपमा भित्र्याइएको माछा इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार विभिन्न जातका करिब एक लाख ५० हजार मूल्य बराबरको माछा बरामद गरिएको छ । प्रहरीका अनुसार चार सय १७ केजी रहेको माछा मुङ्ग्री, सिलन, रहु र बम्प्लेट माछा रहेका छन् । प्रहरीले कानूनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय झापामा नष्ट गरिएको जनाएको छ ।