धरान । एनसेल फाउन्डेसनले बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिएका चौकाहरू बापत दुई हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने पक्का भएको छ ।
सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्रदान गरिने छन् । गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ ।
एनपीएल सिजन २ का हरेक चौकामा ४ वटा शैक्षिक सामग्री वितरण गर्ने प्रतिवद्धता फाउन्डेसनले जनाएको छ । बिहीबारसम्म खेलिएका एनपीएल सिजन २ का खेलहरूमा ९० खेलाडीहरूले कुल ५१० चौका प्रहार गरेका छन्, जसले दुई हजार ४० शैक्षिक सामग्रीहरूको वितरण सुनिश्चित गरेका छ ।
चौका प्रहार गर्ने शीर्ष तीन खेलाडीहरूको सूचीमा पोखरा अवेन्जर्सका एडम रोसिङटन २७ चौकासहित अगाडि छन् जसले १०८ शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् । लुम्बिनी लायन्सका डार्सी सर्ट १९ चौकासहित दोस्रो स्थानमा रहेर ७६ शैक्षिक सामग्री योगदान गरेका छन् । त्यसैगरी काठमाडौँ गोर्खाजका बेन चाल्र्सवर्थ र सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारी तेस्रो स्थानमा छन्, उनीहरुले १७–१७ चौका प्रहार गर्दै प्रत्येकले ६८ शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् ।
“बिहीबारसम्मका खेलहरुमा चौका प्रहार गर्दै यस सामाजिक पहलमा योगदान पु¥याउने प्रत्येक खेलाडीलाई हामी हार्दिक बधाई र धन्यवाद दिन चाहन्छौँ”–एनसेलकी कर्पोरेट कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काले भनिन् । एनपीएलको पहिलो सिजनमा प्रहार भएका ६५३ चौकाबाट फाउन्डेसनले २ हजार छ सय १२ भन्दा बढी शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो ।
































