डेढ दशकअघि इहलीला समाप्त भएको थियो उनको । पुराना पाना पल्टाउ“दै जा“दा वि.सं. २०४८ सालतिर राजधानीस्थित नेपाल–भारत सांस्कृतिक केन्द्रको भवन (आर.एन.ए.सी. रहेको बिल्डिङ्)मा मेरो एक व्यक्ति चित्रकला प्रदर्शनीको आयोजना भएको थियो । उक्त उद्घाटन कार्यक्रममा उनी पनि आएका थिए । त्यहीँ मेरो उनीस“ग प्रथम भेट र परिचय भएको थियो । परिचयको क्रममा मैले थाहा पाए“ कि, उनी नेपालका सम्मानित, मूर्धन्य तथा वरिष्ठ वस्तुवादी कलाकार मनोहरमान पुन रहेछन् ।

त्यसताका उनीजस्ता व्यक्तित्वस“ग चिनजान गर्न पाउ“दा म ज्यादै खुसी र गौरवान्वित भएको थिए“ । उनले मेरो प्रदर्शनी हेर्दै एउटा चित्रलाई देखाएर धाप मारेको र दिएको मार्ग निर्देशन अझै पनि मेरो मानसपटलमा तरङ्ग झंै बगिरहेको छ । उनले भनेका थिए — ‘तिम्रो ‘सरियालिज्म’ मा राम्रो हात रहेछ । यसैमा सधंै काम गर्नू । कतै नलर्बराउनू ।’ तर, समयको गतिस“गै नया“ पुस्ताहरुलाई जस्तै आधुनिक कलामा राग र लिप्साले मलाई पनि छोइदियो र पुनको ‘सरियालिज्म’ कलाकार बन्नुपर्ने सल्लाहलाई ओझेलमा पारिदियो । अहिले म आधुनिक कलाधारमा निहित रहेर काम गर्छु । तथापि उनको प्यारो निर्देशनलाई अझै भुल्न सकेको छैन । नेपाली कला–भूगोलमा ओझेलमा परेका उनलाई मैले मात्र होइन, २०६५ सालमा काठमाडांै विश्वविद्यालयले पनि सम्झेको थियो एक कार्यक्रममार्फत् । काठमाडौंको मन्डिखाटारस्थित कलाको विभागमा उनको कला योगदानबारे छलफलको आयोजना चलेको थियो । त्यतिबेला कलाका पारखी तथा त्यहा“ अध्ययनरत विद्यार्थीहरुले पुन र उनका कृतिबारे बुझ्ने, जान्ने र मनन् गर्ने मौका पाएका थिए । यो सुनौलो र महŒवपूर्ण अवसर कलाविभागका निर्देशक एवम् कलाकार सुजन चित्रकारले जुराएका थिए ।

‘त्रिसठ्ठी वर्षअघि लैनचौरमा भएको चित्रकला प्रदर्शनीमा जुद्धशमशेरको ‘पोट्रेट’ (मुहारचित्र) राखेको थिएँ । त्यहा“ रातो रङ धेरै पर्न गएछ । त्यो देखेर जुद्धशमशेर रा“क्किए । अब के गर्ने हुन् उनले भन्ने डरले म भारततर्फ भागेँ । पछि बालकृष्ण समले सम्झाई–बुझाई गरेछन् र बा“चियो ।’ यो अनुभव पुनले मलाई २०४८ सालमा सुनाएका थिए । मलाई थाहा छ आफ्नो जीवनमा घटित यो अमिट घटना जो कोहीस“ग गफ सुरू गर्ने मेसो बन्थ्यो उनको । वस्तुवादी शैलीमा चित्र कोर्ने ह“सिला पुनको शरीर आज हाम्रो बीच नभए पनि उनले बनाएका कालजयी चित्रहरु भने हामीबीच जस्ताका तस्तै छन् । नेपाली कलाक्षेत्रमा उनका यादहरु अझै ताजै छन् ।

सिर्जनशील कलाकार मनोहरमान पुन काठमाडौंको मरु टोलमा वि.सं. १९७१ मा जन्मेका थिए । सानै उमेरदेखि चित्र कोर्न खप्पिस उनले सोह्र वर्षको उमेरदेखि नै घर छाडी दार्जिलिङलगायत भारतका विभिन्न सहरहरुमा जीवन गुजारा गर्दै, चित्र कोर्दै हिँडेका थिए । उनले भारतमा रह“दाबस्दा ‘प्रकाश पिक्चर्स’ भन्ने चलचित्र कम्पनीमा पोष्टर कलाकारको रुपमा काम गरे भने कहिलेकाहीं“ सर्कस कम्पनीमा जोकरको भूमिका पनि निर्वाह गरे । भारतमा उनलाई ‘बम्बई आर्ट सोसाइटी’ बाट पुरस्कृतसमेत गरिएको थियो । त्यही पुरस्कारले भारतमा उनको ख्याति बढाएको थियो । पछि उनका कृतिहरूको प्रदर्शनी जर्मनी, लण्डन र भारतका विभिन्न सहरहरुमा हुँदै गए ।

पछि ती विविध प्रदर्शनीहरुले उनको भाग्य चम्कायो । प्रदर्शनीमा कतिपय चित्रहरु बिक्री भई विदेशिए । उनका चित्रहरु विशेषतः विदेशीहरुले नै किनेर लगेका छन् । केही चित्रहरु मात्र स्वदेशमा छन् तर, ती पनि अलपत्रिएका अवस्थामा छन् । जसलाई नेपाल सरकारले संरक्षण गर्न पाइला चाल्नु पर्ने हो । तर हाम्रो सरकारस“ग बितेका कलाकारका कृतिलाई संरक्षण गर्दै राष्ट्रिय सम्पदाका रुपमा सुरक्षा गर्ने संस्कार, नीति र चेतना नै छैन । यो कस्तो अचम्म विदेशीहरुले व्यक्तिगतरुपमा सङ्ग्रह गरेका हजारांै मूल्यका उनका चित्रहरु आज विदेशमा कहाँ–कहाँ पुगेका छन्, त्यसको निश्चित लेखाजोखा वा आँकडा न कलाकारहरुसँग छ, न त कलाका सङ्घ–संस्था र सरकारी निकायहरुस“ग नै छ । स्वदेशमा भएका एक–दुई चित्रहरु पाँचतारे होटल, मन्त्रालय, राष्ट्रिय सङ्ग्रहालय र विशिष्ट भवनहरुमा सङ्ग्रहित रहेको देख्न सकिन्छ । स्वदेशमा पशुपति मन्दिर, धरहरा, सिलिगुडी र नेवारी जनजीवनलगायतका चित्रहरु छन् । कलाको मूल्यमान्यता र चेतनाको अभावका कारण नेपालमा खरिद वा सङ्ग्रह गरिएका कतिपय उनका चित्रको राम्ररी संरक्षण पनि हुनसकिरहेको देखिँदैन । यो कलाक्षेत्रकै निम्ति दुर्भाग्य हो । 

पुनको इतिहासमा घोत्लिँदा भारतको सङ्घर्षशील जीवनपश्चात् स्वदेशमा फर्केका उनले आङ्खनै देशमा अन्य समकालीन कलाकारको जति पनि ख्याति पाएको देखिँदैन । जीवनको पछिल्लो समयमा सुश्री मेरी इवान्स (त्यसताका काठमाडौंस्थित अक्टुबर ग्यालरी सञ्चालन गरेर बसेकी) भन्ने नाम गरेकी विदेशीको सहयोगले उनको चित्र प्रदर्शनी भएपछि मात्र स्वदेशमा उनको केही ख्याति फैलिन थालेको देखिन्छ । आपूmलाई ‘रियालिज्म’ कलाकार भन्न रूचाउने पुनको आधुनिक कलाप्रति उति मोह थिएन । यद्यपि उनका चित्रलाई गम्भीर रुपले हेर्दा आधुनिक कलाको अपत्यारिलो छनक नपाइएको भने छैन । वि.सं. २०४८ सालमा युवा कलाकार समूहले सिर्जना ग्यालरी जमलमा लगाएको उनको एकल कला प्रदर्शनीमा राखिएको केही चित्रमा परिवर्तनको सङ्केत देखिएको थियो । पुनको सामाजिक, सांस्कृतिक र नेवारी जनजीवन झल्कने दृश्यचित्र, मुहारचित्र र वस्तुचित्र निकै परिपक्व छन् । पुनलाई आफ्नो चित्र ज्यादै प्यारो लाग्थ्यो ।

उनले आफ्नो जीवनकालमा विगत सम्झि“दै भनेका थिए—‘१९९६ मा म पाइल्सको उपचार गराउन शङ््कर शमशेरस“ग भारत जा“दा दरभङ्गा महाराज सर कामेश्वरंिसंह के. सि. एस. आईको हजुरमा चढाउन भनी लगेको चित्रलाई कुल्लीले अरु सामान सरह टाउकोमा राखेर हिँडेकोले सबै ध्वस्त भएछ । कम दुःख लागेन । त्यस चित्रले मलाई महिनांै भोक, प्यास लागेन ।’ सानै उमेरदेखि पिता चित्रकार वीरमान पुन र मामा चित्रकार तेजबहादुर चित्रकारको सान्निध्यको प्रभाव उनको चित्रमा परेको देखिन्छ । चित्रकार चन्द्रमानसिंह मास्के र तेजबहादुर चित्रकार भारतबाट विधिवत् कलाको शिक्षा लिई नेपाल फर्केपछि, स्वदेशीय परम्परास“ग साक्षात्कार गरी कला रचना गर्ने संस्कारमा कमी आएको अवस्थामा गुरूकुलीय मान्यतामा कला सिक्नुपर्ने प्रचलनलाई भने उनले जीवन्त राखेको पाइन्छ ।

त्यसताका उनका समकालीन कलाकारहरु थिए — पृथ्वीमान चित्रकार, माणिकमान चित्रकार, आनन्दमुनि शाक्य र बालकृष्ण सम । यी कलाकारहरुले पुनजस्तै वस्तुवादी चित्र  कोर्ने प्रचलनलाई कायम राखेका थिए । यी कलाकारहरु पुनका समकालीन भए पनि पुनको चित्रशैली र प्रवृत्तिले भने यिनीहरुको कामस“ग एकरुपता गाँसेको देखिँदैन । पुनको कलाशैलीमा आफ्नै पहिचान र हल्का प्रगतिवादी दृष्टिकोण छन् । कतिपय चित्रहरुमा विम्बवादी प्रवृत्ति र रातो, कालो रङको प्रधानता पाइनाले उनमा पनि विद्रोहात्मक विचार र अग्रगामी मनस्थिति सल्बलिएको अनुभूत हुन्छ । यसरी भारतमा बसेर पनि भारतीय प्रभावमा नपरी चोखो नेपाली पृष्ठभूमिमा काम गर्ने पुन नेपाली कलाको ७०, ८० वर्षको इतिहासको पानामा र हजारौं कृतिहरुमा आज पनि अमर छन् । यस्ता व्यक्तित्वको सम्झना अरुलाई आउँछ आउँदैन । मलाई थाहा छैन । तर, मलाई चाहिँ बारम्बार आइरहन्छ ।