श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार २६ गते बिहीबार, १० जुलाई २०२५, सिद्धार्थीनाम संवत्सर। आषाढ शुक्लपक्षको पूर्णिमा तिथि ०१ः५७ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र  मूल ०५ः२३ बजेसम्म, पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०५ः१७ बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।    

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

भाग्यले विभिन्न अवसर थमाउनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैलाई हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

परिस्थितिवश कार्यसम्पादनमा समय लाग्नेछ। आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार–विहारमा सजग हुनुहोला। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

गोपनीयता बाहिरिनाले समस्या देखा परे पनि उचित समयमा सहयोगी जुट्नेछन् र नियमित काम सम्पादन हुनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रेम र मित्रताको बन्धन कसिनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ।    

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पु¥याउनेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

ईष्र्या गर्नेहरू स्वयम् पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले सफलता दिलाउनेछ।   

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। कामकाजमा सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ।