श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार २७ गते शुक्रबार, ११ जुलाई २०२५, सिद्धार्थीनाम संवत्सर। श्रावण कृष्णपक्षको प्रतिपदा तिथि ०२ः०३ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पूर्वाषाढा ०६ः४१ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०५ः१७ बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेत गर्दा सजिलै लक्ष्यमा पुगिने समय छ। रोकिएका काम सम्पादन हुनेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पेसा–व्यवसायमा विशेष लाभ हुने समय छ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भेटघाटले काम गर्ने अवसर दिलाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्यात्मभाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ।प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्य कमजोर रहनाले यात्रा अलि कष्टपूर्ण हुनेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम बन्न समय लागे पनि सकारात्मक सङ्केत प्राप्त हुनेछ। थन्किएका वस्तुको उपयोग हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समाजसेवा र सत्कार्यमा केही खर्च गर्नुपर्ने हुन सक्छ।आकर्षक पहिरन र तारिफयोग्य कामले चर्चित भइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशेष उपहार प्राप्त हुन सक्छ । घुमफिर तथा मनोरञ्जनको समय छ। साधन जुट्नाले परिवर्तन आउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्तको स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम थालनी हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेको सफलताले हौसला जगाउनेछ । काममा जग बसाउने मौका छ। प्रयत्न गरेमा विभिन्न अवसर प्राप्त हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। रोगबाट उन्मुक्ति मिल्नेछ। विवादमा आफ्नो पक्ष बलियो रहनेछ।