च्यानलिङको विषयमा धरान–५ र १५ का स्थानीयवासीबीचको विवादको समाचार सङ्कलनका लागि पुगेका पत्रकारहरूमाथि धरान–५ का केही स्थानीयद्वारा दुव्र्यवहार गरिएको छ ।

“विवाद भएको विषय भिडियो खिचिररहेको थिएँ, एउटा मेरो कानमै आएर भिडियो किन खिचेको भन्यो, मैले किन खिच्न हुँदैन भनेर कुरा उठाउँदा महिलाहरूलाई बोलाएर दुव्र्यवहार ग¥यो” कोले न्यूज अनलाइनका सञ्चालसमेत रहेका नेपाल पत्रकार महासङ्घ सुनसरीका सदस्य रोहित कुलुङ राईले भने, “दुव्र्यवहार गर्ने चारजनाविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छौँ ।” उनीसहित घटनास्थलमा दुव्र्यवहार खेपेका पत्रकारत्रय राईसहित रश्मी प्रधान र डेबिट बस्नेतले संयुक्तरूपमा उजुरी दिएका हुन् । 

इलाका प्रहरी कार्यालय धरानले उजुरीउपर कारबाही हुने जनाएको छ । धरान–५ सुन्दरबस्तीका अन्दाजी ३५ वर्षीय कवि याक्खा र सोही ठाउँका करिब ५५ वर्षीय मणिराज राईसहित नाम थाहा नभएका दुई महिलाविरुद्ध उजुरी दिइएको उनीहरूले जनाए । “तपाईंहरूको उजुरी उपर कारबाही हुन्छ, पक्राउ परेपछि तपाईंहरूलाई बोलाउँछौँ”–उजुरीको निवेदन लिँदै एक प्रहरी अधिकारीले भने । पत्रकारहरूमाथि दुव्र्यवहार भएको विषयमा नेपाल पत्रकार महासङ्घ सुनसरीले विज्ञप्ति जारी गरी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार रश्मी प्रधान, रोहित कुलुङ राई र रोहितकुमार बस्नेत (डेबिट) माथि दुव्र्यवहार भएकोप्रति गम्भीर ध्यानकर्षण भएको सचिव विनय बाह्रकोटीले बिहीबार विज्ञप्ति जारी गरेका छन् । रिपोटिङमा बाधा पु¥याउने र हातपात गर्ने जस्ता गतिविधि कानूनी शासनको विरुद्ध  र प्रेस तथा अभिव्यक्त स्वतन्त्रताको विरुद्ध भएको जनाएको छ ।