वराहक्षेत्र चतरास्थित आइरिस वराह एकेडेमीले १४ औं वार्षिक खेलकुद तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

दिवसका अवसरमा विद्यालयमा विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम र खेलकुदका गतिविधि आयोजना गरिएको छ । अभिभावक दिवसका अवसरमा विद्यालयको खेलकुद सप्ताहअन्तर्गत विजेता विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।

खेल विधातर्फ विद्यालयले साता दिनसम्म संचालन गरेको बिस्कुट रेस, आमी रेस, बेलुन फाइटिङ, बुक ब्यालेन्सिङ पेन्सिल ट्याकल, क्लिप रेस, ग्लास रेस, स्पुन रेस, सर्टपुट, लङजम्प, ज्याभ्लिन थ्रो, म्याराथनलगायतका खेलमा विजयी छात्रछात्रालाई पुरस्कार वितरण गरेको थियो ।
विजयी विद्यार्थीलाई प्रमुख अतिथि सुनसरी प्याब्सनका अध्यक्ष अनुप तामाङ, वराहक्षेत्र १ का वडाध्यक्ष किसन थापा, वडासदस्य कुमार भट्टराई, पत्रकार विजय राई, नेपाल स्काउटका कोशी प्रदेस सदस्य हेमन्त भण्डारी, आदर्श माविका पूर्व प्राचार्यहरु प्रह्लाद भट्टराई, ज्ञानबहादुर पाण्डेलगायतले पुरस्कार वितरण गरेका थिए ।

खेलकुद अभिभावक दिवस विद्यालयका व्यवस्थापक राजु शाहको अध्यक्षतामा शिक्षक सन्तोष वलाहाङ राईले सन्चालन गरेका थिए ।

उत्कृष्ट शिक्षक पुरस्कृत
विद्यालयले दिवसका अवसरमा उत्कृष्ट शिक्षक सीमा राउत राईलाई सम्मान गरेको छ ।

Sima Raut Rai Iris Barah Academy

एक दशक अघिदेखि विद्यालयमा कार्यरत विषय शिक्षकलाई विद्यालय परिवारको सबैभन्दा समर्पित, प्रतिष्ठित र सम्मानित शिक्षण सदस्यका रुपमा पुरस्कृत गरिएको प्रधानाध्यापक बालकृष्ण राईले जानकारी दिए ।

'एक दशकको शिक्षण करियरको अद्भुत इतिहास हामीसँग राखेकोमा हार्दिक बधाई व्यक्त गर्न चाहन्छौं।आइरिस बराह एकेडेमीसँगको असाधारण यात्रामा नम्रता, लगनशीलता र दृढतालाई हृदयदेखि नै आत्मसात गरिएको छ । आइरिस परिवारको साथमा तपाईको समृद्ध र सुखद शैक्षिक यात्राको लागि धेरै धेरै शुभकामना।' सम्मानपत्रमा भनिएको छ ।