श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर २९ गते सोमबार, १५ डिसेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। पौष कृष्णपक्षको एकादशी तिथि ०९ः३९ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र चित्रा ११ः२४ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि तुला, सूर्योदय ०६ः४६ बजे र सूर्यास्त ०५ः११ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । ईष्र्या गर्नेहरूले हार खानेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
महŒवाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ।अवसर र पाए पनि न्यून प्रतिफल मात्र हातपर्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धैर्य एवम् लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य–चिन्ताले पनि सताउनेछ। 
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला।   
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएका काम दोहो¥याउनु पर्ला। बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।