सङ्खुवासभा । चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको  मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आज बिहान ग्यास चुहिएर  उनको घरमा आगलागी भएको थियो ।

आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी १० लाख बराबराको क्षति भएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए ।