धरान । सुनसरीको धरानस्थित विजयपुर अस्पताल र धरान–१५ को हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलबीच उपचारमा छुट दिने विषयमा सम्झौता भएको छ ।
अस्पताल र स्कुलबीचको समझदारीअनुसार स्कुलका अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई २० प्रतिशतसम्म उपचारमा छुट दिने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ । स्कुलबाट आएका जोकोहीलाई पनि २० प्रतिशतसम्म छुट दिने गरी समझदारी गरिएको अस्पतालका अध्यक्ष पङ्कज खतिवडाले जानकारी दिए । स्कुलका तर्फबाट निर्देशक गङ्गाराम राई र अस्पतालका अध्यक्ष खतिवडाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यो समझदारीले स्कुलका अभिभावक, विद्यार्थी तथा शिक्षकहरूलाई राहत पुग्ने स्कुलका निर्देशक राईले जानकारी दिए । विद्यालयले आफ्ना विद्यार्थीको बिमासमेत गरिदिएको छ ।
































