श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुस १ गते मङ्गलबार, १६ डिसेम्बर  २०२५, सिद्धार्थीनाम संवत्सर। पौष कृष्णपक्षको द्वादशी तिथि भोलि १२ः१७ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र स्वाती ०२ः२६ बजेसम्म,  उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्योदय ०६ः४७ बजे र सूर्यास्त ०५ः११ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मनोरञ्जनपूर्ण समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेमको बन्धन कसिनेछ । अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको सिलसिलामा यात्रा हुनसक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
छोटो समयमा फाइदा उठाउन सकिनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महŒवाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । ईष्र्या गर्नेहरूले हार खानेछन्।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। 
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ।   
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धैर्य एवम् लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। रोकिएका काम दोहो¥याउन समय प्रतीक्षा गर्नुपर्ला। 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ।