सानै देखी सङ्गीतमा रुचि राख्ने झापाको अर्जुनधारा नगरपालिका १ मा जन्मेर पछिल्लो समय देशको राजधानीलाई आफ्नो कर्म क्षेत्र बनाई सङ्गीत क्षेत्रमा काम गरिरहेका सरल जीवनशैलीका सरल युवा हुन विकाश लिम्बू )तुम्बापाे) । गीत सङ्गीत प्रति औधी रुचि राख्ने लिम्बूले विभिन्न समयमा विभिन्न रियालिटी सोहरूमा भाग लिए । धेरै उत्कृष्ट बने । पारिवारिक र आर्थिक अवस्थाका कारण घरबाट टाठा रहेर संर्घष गरिरहँदा कहिलेकाहीँ विचलित पनि भए । 
तर त्यो विचलनलाई शक्तिको परिवर्तन गर्दै अघि बढिरहेका लिम्बूलेको चर्चा तब सुरु भयो जब सालमा भ्वइस अफ नेपाल सिजन २ को अन्तिम चार प्रतिस्पर्धी बन्न पुगे । पछिल्लो समय ८० भन्दा बढी गीतमा आफ्नो आवाज दिई सकेका लिम्बूको विभिन्न रियालिटी सोहरूको निर्णयको रूपमा पनि काम गरिहरेका छन् ।

हालसालै मात्र पनि उनी फाक्ताङलुङ मिडिया हाउस प्रालीबाट सञ्चालित फक्ताङलुङ अनलाइन टेलिभिजनले आयोजना गरेको एसईई स्टेट वान सिङ्गीङ आइडल सिजन २ को निर्णायकको रूपमा काम गरिरहेका छन् । असार १७ गते धरान १५ काे चुम्लुङ्ग भवनमा फाइनलकाे तयारी गरिरहकाे एसईई स्टेट वान सिङ्गीङ आइडल सिजन २ का बारेमा र उनकाे  संगितिक जिवनका बारेमा हामीले गरेको कुराकानीको अंश:

एसईई स्टेट वान सिङ्गीङ आइडल सिजन २ मा कस्ता–कस्ता सहभागी छन् ?
धरै राम्रा राम्रो सहभागीहरू छन् । हामीले सानै छन् स्वर खुलिसको छैन भनेर भनिरहेकाहरूले पनि धरै राम्रो प्रस्तुति दिई रहेका छन् । ३ सयबाट छान्न धरै गाह्रो थियो । अव झन् गाह्रो भइरहेको । प्रत्येक अप्रतिस्पर्धीको प्रतिस्पर्धा एकले अर्कालाई चुनैती दिने खालेको छ । तर पनि हामीले विजेता १ जनालाई बनाउनु पर्ने हुन्छ ।   अहिलेसम्मको अवस्था हेर्दा दसैँ जना सहभागीहरूले कडा मेहनत गरिरहेको देखिएको छ । हेरै फाइनलमा कस्तो हुन्छ ।

तपाई आफू निर्णायक भएर काम गरी रहँदा प्रतिस्र्पर्धिहरुकालागी एसईई स्टेट वान सिङ्गीङ आइडल कस्तो अवसर हो भन्नुहुन्छ ?
अहिले सहभागी भइरहेको भाइ बहिनीहरू धेरै भाग्यमानी हुनुहुन्छ । वहाँहरूले गीत गाउनकालागी उपर्युक्त वातावरण पाउनु भएको छ । विभिन्न अवसरहरू पनि पाइरहनु भएको छ । म एसएलसी दिएर अवसरको खोजीमा झापाबाट काठमाण्डौं गएको थिए । त्यहाँ मैले धेरै संर्घष गरे ।
अहिले वहाँहरूलाई अवसरको कमी छैन । एसईई स्टेट वान सिङ्गीङ आइडलले त झन् यति राम्रो अवसर दिएको छ, जुन मेरो समयमा किन गर्नु भएन भनेर आयोजकहरूलाई मैले भन्ने गरेको पनि छु ।  एसईई दिएपछि आफ्नो एक खाले लाइन तय गर्नु पर्ने हुन्छ ।
अध्यायमा कुन विषय पढ्ने, भविष्यमा के बन्ने भन्ने तयारी गर्ने पहिलो खुड्किलोले एसईई सके पछिको अवस्था,  यो कार्यक्रमले विद्यार्थीहरूलाई प्रतिभाको पहिचान गराई दिने र त्यसलाई परिचय पनि दिने गरेको छ । त्यति मात्र हैन आयोजकले प्रतिभाको पहिचान गरिदिएर त्यसलाई परिचय दिएर मात्र पुग्दैन शिक्षा पनि आवश्यक छ भनेर शिक्षा पनि दिनु भएको छ । यस्तो अवसर चाही अन्य प्रतियोगीताहरुमा हुँदैन । त्यस कारण यो प्रतियोगिता अन्य ठुला प्रतियोगिताहरू भन्दा महत्त्वपूर्ण छ । यो आवश्यक पनि छ । 

के कारण अन्य प्रतिस्पर्धा भन्दा भिन्न मान्नुहुन्छ एसईई स्टेट वान सिङ्गीङ आइडललाई ? 
९,१० मा पढ्ने विद्यार्थीहरूले विद्यालयको अथवा अन्य कार्याक्रमहरुमा गाउने गरेको भए पनि उनीहरूले आफूलाई मूल्याङ्कन गर्न सकिरहेको हुँदैन । त्यस कारण उनीहरूले आफ्नो प्रतिभाको पहिचान गर्न पनि सकिरहेका हुँदैन । उनीहरूलाई गाउन बोलाइन्छ गाउँछन् जान्छन् । राम्रो भन्दिने भए पनि यसरी गाउनु पर्छ । यहाँ गल्ती भयो र यसरी सुधार्नु पर्छ भन्ने ज्ञान पाइसको हुँदै । त्यो चाही एसईई स्टेट वान सिङ्गिङ आइडलबाट सिक्छन् । अरू प्रतिस्पर्धाहरूमा प्रतिभाको पहिचान भइसकेको र धरै ज्ञान समेत लिएकाहरूबिच प्रतिस्पर्धा हुन्छ ।
त्यसले व्यवसायलाई प्रमोट गरिराखेको हुन्छ भने यसले शिक्षालाई प्रमोट गरिराखेको छ । भर्खर एसईई दिएका भाइ बहिनीहरिलाई सोझै व्यवसायमा उपयुक्त पनि हुँदैन । पहिला त पढ्नु नै पर्छ । यो कार्यक्रमले उनीहरूलाई पहिचान, ज्ञान, अवसर र शिक्षा प्रदान गरिरहेको छ । जसका कारण वहाँहरूकाे समय अनुसार व्यावसायिकता तर्फ जान अहिले देखिनै निर्देशित गरेको ठान्छु । 

तपाईँको सङ्गीत यात्राको कुरा गरौँ न ?
हर्नुहोस्, मेरा कुरा गर्दा, म आफू जर्जको रूपमा काम गरिरहँदा  मेरो अगाडी आएर भाइ बहिनीहरूले आफ्नो प्रस्तुति दिई रहँदा ममा एक खाले इर्षा उत्पन्न हुन्छ की मैले एसएलसी दिँदा गायन मात्र हैन शिक्षालाई पनि प्रमोट गर्ने गरी किन यस्तो खाले प्रोग्राम भएन अथवा मैले भेटिन ? मैले धेरै प्रतिस्पर्धाहरूमा भाग लिए । म सानै देखी गीत गाउथे। गायक नै बन्ने भनेर २०६९ सालमा म झापाबाट काठमाडौँ गए । हो त्यसो समय एसईई आइडल थिएन र अहिलेको भाइ बहिनीहरुले त्यति बेला मलाई अत्यन्तै आवश्यक भएको यस्तो खाले अवसरको उपभोग गरिरहेको देख्दा इर्षा लागेको हुनसक्छ ।
मैलै खोजी प्रतिभाको, सिङ्गिङ आइकन,  नेपाल आइडल, स्वर सङ्ग्राम, भ्वाईस अफ नेपाल सिजन २ जस्ता रियालिटी साेहरूमा भाग लिए ।  धेरैमा उत्कृष्ट भए नेपाल टेलिभिजनबाट प्रसारण हुने स्वर सङ्ग्राममा उपविजेता भए, , भ्वाईस अफ नेपाल सिजन २ उत्कृष्ट चारमा पर्न सफल भए । आफूसँग प्रतिभा हुँदाहुँदै पनि सङ्गीतको राम्रो ज्ञान नहुँदा धेरै दुःख गर्नु परेको थियो त्यस कारण मैले २०७६ सालबाट सङ्गीत सिक्न थाले । गजल साँझमा काम गर्दा दैनिक हुने रियाजले पनि मलाइ भ्वाइस अफ नेपालको उत्कृष्ट ४ मा पार्न सफल भएका हो । अहिले सम्म करिब ८० वटा गीत गाइसके होला  विभिन्न कार्यक्रमहरूमा बोलाई राख्नुहुन्छ । व्यस्त नै छु । 

सङ्गीत क्षेत्रमा तपाईँको आफ्नो परिचय चाही कसरी स्थापित भयो ?
धेरै जना छन्, जो सङ्गीत क्षेत्रमा लागेर पनि गुमनाम छन् । मैले पनि धेरै दुःख गरे एक पटक त अव पलायन हुन्छु भन्ने नै ठानेको थिए । मलेसियाको भिसा समेत लागेर उड्ने तयारी समेत गरेको थिए । संयोग भनै दुर्घटना भयो र विदेश जानु परेर त्यसपछि पनि धेरै दुःख गरियो मलाई गायकको रूपमा परिचय दिएको भनै वा मैले चर्चा पाउको भनेको भ्वाइस अफ नेपाल सिजन २ बाटै हो । त्यसपछि  मैले काम पाउँदै गए अहिले सङ्गीत क्षेमै लागेर बाच्न सक्ने भएको छु । राम्रै जीवन जिई रहेको छु । 

एसईई स्टेट वान सिङ्गीङ आइडलका सहभागीहरूलाई के भन्न चाहनुहुन्छ ?
यो पढ्ने उमेर हो । भविष्यमा म यो बन्छु वा यो गर्छु भनेर विषय छनौट गरेर पढ्ने समय पनि सुरु भएको  हो । त्यस्तै मसँग यो प्रतिभा छ है भनेर पहिचान गर्ने समय पनि यही नै हो । तपाईँहरू सही समयमा सही ठाउँमा हुनुहुन्छ । तपाईँहरूले जित्ने हार्ने भन्दा पनि सिक्ने अवसर पाउनु भएको छ । तपाईँहरूमा भएको कमी कजोरीहरु जुन तपाईँहरूलाई थाहा नहुन पनि सक्छ त्यो पहिचान गर्न सक्नु भएको छ ।
आफ्नो क्षमता, प्रतिभाको पहिचान गर्न सक्नुभएको छ । यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।  तपाई गायन तर्फ नै लाग्न चाहनुहुन्छ भने गायन सिक्न अब सजिलो हुन्छ । र तपाई पर्फेक्ट गायक बन्न सक्नुहुन्छ । प्रोफेसनल बन्नुभन्दा धेरै अगाडी नै तपाईँको कमजोरी र तपाईँको प्रतिभाको पहिचान गरिदिएको छ । परिचय पनि दिएको छ । आगामी दिनमा यसले तपाईँलाई महत्त्वपूर्ण सहयोग मिल्ने छ । 
जित र हार भन्दा पनि महत्त्वपूर्ण अवसरको रूपमा लिएर अगाडी बढ्नुहोला भन्न चाहन्छु ।