नेपालमा प्रचलित विभिन्न कालखण्डमा भारतस्थित उज्जैन राज्यका चक्रवर्ती राजा विक्रमादित्यको नामबाट विक्रम संवत्, कुनै धर्मगुरुको नामबाट इस्वी संवत्, कुनै राजवंशको नामबाट शकसंवत्, यस्तैगरी लिच्छवी कालका राजाको नामबाट मानदेव संवत् र अञ्जन संवत्, मैथिल संवत्, किरात येले संवत्, इस्लाम हिजरी संवत्हरूमध्ये नेपालको आफ्नै भूमि, हावापानी, मलजल र माटोबाट हुर्किएको नेपालको पहिचानसँग गाँसिएको राष्ट्रिय मौलिक संवत् यही २०७८ कात्तिक शुक्लपक्ष प्रतिपदा १९ गते शुक्रबारदेखि ११४२ औं नववर्षमा प्रवेश भयो । 

नेपाल संवत्को स्थापना वि.सं. ९३६, सन् ८८० अक्टोबर २० तारिख शक संवत् ८०१ र मानदेव संवत् ३०४ मा भएको मानिन्छ । नेपाल संवत् एक साधारण व्यक्ति अझ तल्लो तहको उत्पीडित जातिका राष्ट्रिय विभूति शङ्खधर शाख्वाः ले स्थापना गरेको संवत् हो । कुनै राजा, महाराजा सामन्त वा ऐतिहासिक महापुरुषले विजयको स्मरण वा राज्यारोहणको खुसीलायीमा चलाएको संवत् नभई यो त सामान्य व्यक्तिले कुनै प्रकारले अप्रत्यासित रूपमा धन प्राप्त गरी, उक्त धन तत्कालीन कान्तिपुरका प्रथम ठकुरी राजा राघवदेवको स्वीकृति लिई गरिब जनताको ऋण मोचन गरी दासमुक्त गरिदिए र लोक कल्याणमा सदुपयोग गरी उपकार र दानशीलताको परिचय दिएको नेपाल संवत् हो ।

नेपालको इतिहासमा नेपाल संवत् नववर्ष प्रारम्भ भएदेखि प्राचीनकाल समाप्त भई मध्यकाल आरम्भ भएको मानिन्छ । मध्यकालमा पूर्वको उदयपुर र पश्चिम मगरातमा समेत अङ्कित अभिलेखहरूमा उल्लेख भएको पाइन्छ । नेपाल संवत्ले स्थापना कालदेखि कान्तिपुर उपत्यका र तत्कालीन नेपाल मण्डलभित्र मात्र नेपाल संवत् सीमित नरही अन्तर्राष्ट्रिय पत्राचार भएको साथै भारतको कुचविहारका राजा प्राणनारायणले नेपाल संवत् ७५३ अङ्कित गरी सुनको मुद्रा प्रकाशनमा ल्याए । यसपछि पाटनका राजा सिद्धिनरसिंह मल्लले पनि नेपाल संवत् ७५९ को प्रयोगमा ल्याएको पाइन्छ । नेपाल संवत् ८८८ वर्ष सम्म अनवरत राज्य स्तरको संवत्को रूप धारण गर्न सफल भएको थियो । तथापि २४० वर्षे शाहकालबाट एकात्मक शासन र आधिकारिक रूपमा विक्रम संवत् भित्र्याउने काम राणा प्रधानमन्त्री चन्द्र शमशेरले वि.सं.१९६० मा व्यवहारमा ल्याए र नेपाल संवत्लाई कुण्ठित बनाई ओझेलमा पारियो ।

२०४६ को प्रजातन्त्र पुनःस्थापना पछि २०४७ को संविधानअनुसार आफ्नो धर्म, संस्कृति र राष्ट्रिय भाषाले पनि मान्यता पायो । नेपाल संवत्का यिनै ऐतिहासिक तथ्यहरूलाई प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले स्वीकार गर्दै तत्कालीन श्री ५ को सरकारले नेपाल संवत्का संस्थापक शङ्खधर शाख्वाःलाई २०५६ मङ्सिर २ गते राष्ट्रिय विभूति घोषित गरेको थियो । २०६० कात्तिक ९ गते उनको चित्र अङ्कित हुलाक टिकट प्रकाशन भयो ।

२०६५ सालमा मुलुकमा जनताको शासन सुरुवात भएपछि मौलिक नेपाल संवत्ले पुनः राष्ट्रिय संवत्को मान्यता प्राप्त ग¥यो । राष्ट्रपतिको स्वकीय सचिवालय, प्रधानमन्त्री, एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.माधव भट्टराई र संस्कृतिविद् सत्यमोहन जोशीज्यूको शुभकामना मन्तव्य रहेको नेपाल पञ्चाङ्गपत्र, नेपाल संवत् ११२९ (२०६५) प्रकाशनमा आयो । तर, हालसम्म व्यवहारमा भने सरकारले लागू गर्न सकेको छैन । यो विडम्बना हो । नेपाल पञ्चाङ्गपत्रको नेपाल संवत् ११३७ देखि प्रकाशन बन्द भयो । नेपालको धार्मिक, ऐतिहासिक, सांस्कृतिक महत्व बोकेको नेपाल संवत् सम्पूर्ण राष्ट्रवासीहरूको संवत् हो । यो केवल नेवारहरूको मात्र संवत् होइन, देशलाई चम्काउने मौलिक राष्ट्रिय संवत् हो ।

ब्रह्म वाक्यम् जनार्दनम्ः (बाहुनको मुख नै सर्वोपरी हुन्छ) भनेर बाहुनले भनेको आधारमा श्राद्ध एवम् अन्य कर्मकाण्डहरू गर्ने नेपालीहरूलाई बाहुन पुरोहितले नै तिथिलाई प्रधानता दिने, तर नेपाल संवत् बारे हालसम्म पनि स्पष्ट पार्न सकेको छैन ।

अज्ञानतावश अधिकांश नेपालीहरू यसलाई मान्न सहमत छैनन् । आफ्नो ढुकुटी बलियो छँदाछँदै अर्काको ऋण बोक्ने प्रवृत्ति त्यागौं । विदेशी सांस्कृतिक अतिक्रमणको विरुद्ध नेपालको सांस्कृतिक राष्ट्रवादलाई दिइने नेपालको नाम नेपालीको भावना चम्काउने नेपाल संवत् र संस्कृतिलाई जोगाउनु पर्दछ ।

नेपालको आप्mनै मौलिक राष्ट्रिय संवत् नेपालदेशप्रति समर्पित संवत्लाई राष्ट्रिय मान्यता त प्रदान ग¥यो तर, दुर्भाग्यको कुरा यो विषयलाई नेवार समुदाय बाहेक अन्य समुदायले त्यति ग्रहण गर्न सकेको देखिँदैन । वर्तमान राजनीतिक पार्टीहरूले पनि यस बारेमा आफ्नो धारणा स्पष्ट गर्न सकेका छैनन् र अहिलेसम्मको कुनै सरकारले पनि यो संवत् बारे आफ्नो धारणा व्यक्त गरेको पाइएको छैन ।

वि.सं.२०१३ सालमा नेपालले संयुक्त राष्ट्रसङ्घमा सदस्य बन्न यु.एन.को प्रावधानअनुरूप संवत्, भाषा, लिपि आदि पेश गर्दा भारतको विक्रम संवत् देवनागरी लिपि आप्mनो भएको दाबी गर्यो र नेपालले पुनः नेपाल संवत्, नेपाल भाषा, रञ्जना लिपि पेश गरी सदस्यता पाएको कारण पनि नेपाल संवत् स्वतः राष्ट्रिय मौलिक संवत् हो भन्ने कुरामा दुईमत छैन । नेपाल संवत् राष्ट्रको गौरव, संस्कृति–सम्पदा पुर्खाको पौरख हो ।
(लेखकः कर्माचार्य धरानका विभिन्न तथ्याङ्क, खोजमूलक स्तम्भकार एवम् झी“गु समाजका उपाध्यक्ष हुन् ।)