दशैँमा हामी टीका लाउन गुरुरु चौहानबारी जान्थ्यौँ । चौहानबारीमा हाम्रो आमैघर थियो । घरबारीमा बुबाआमा र हामी बस्थ्यौँ । चौहानबारीमा आमै बस्थिन् । हाम्रो ११ जनाको जम्बो परिवार थियो । हामी बुबाआमाका ६ छोरी २ छोरा छँदै थियौँ । अलग्गै बसे पनि आमैलाई हामी नै हेथ्र्यौं । चौहानबारीमा एउटा सानो घुमाउने घर थियो ।

त्यसैलाई हामी आमै घर भन्थ्यौँ । आमै एक्लै त्यहाँ बस्थिन् । हजुरआमालाई हामी आमै भन्थ्यौँ । जे चाहिए पनि खानेकुरा हामी तलबाटै लगिदिन्थ्यौँ । आमै पकाएर खान्थिन् । म उनको अति प्यारो नाति । मीठो–मसिनो पकाउँदा मलाई सधैँ सम्झिन्थिन् आमै । नाति आओस्, मसँगै खान्छ भनेर खबर पठाउँथिन् । खबर पाएपछि म उफ्रँदै आमैघर पुगिहाल्थेँ ।

हाम्रो घरदेखि आमैघर त्यही १५–२० मिनेटको बाटोमाथि थियो । नजिकै एउटा खोला थियो । आमैघर जाँदा त्यो खोलाको डिलैडिल उकालो भएर जानुपथ्र्यो । एक दिन बिराएर आमैलाई घरबाट हामी कोही एक जनाले दूध लगिदिनुपथ्र्यो ।

घरका अरु सबै आ–आफ्नो काममा जान्थे । आमैलाई दूध पु¥याउने काम प्रायःजसो सधैँ मेरो भागमा पथ्र्यो । सधैँजसो मै दूध पु¥याउँथेँ । बिहान उठ्यो । एकछिन पढ्यो । आमैघरमा दूध पु¥यायो । त्यसपछि घर आएर भात खायो । स्कुल गयो । त्यसो त कहिलेकाहीँ यसरी दूध पु¥याउन जाँदा छुट्टै मीठोमसिनो खान पनि भेट्टाइन्थ्यो । खबर पठाउन नपाउँदा, बिर्संदा पनि नाति दूध लिएर आउँछ भनेर मेरो भाग आमैले मलाई राखिदिएकै हुन्थ्यो । मलाई नदिई केही खाँदैनथिइन् आमै । मलाई नदिई आफूले मात्र खाँदा खाएजस्तै हुँदैन भन्थिन् आमै ।

एक दिन सधैँ झैं त्यसरी नै आमैघरमा दूध पु¥याउन लाने क्रममा लोहोटामा दूध बोकेर सधैँँ झैं म उकालो लागेँ । आमैघर मुन्तिर एउटा तेर्सो गल्ली थियो । पधेँरामा पानी लिन जाने–आउने । गाईवस्तु चराउन, पानी खुवाउन लाने–ल्याउने गल्ली थियो, त्यो । गल्ली मुन्तिर खोला पारिपट्टि एउटा ठूलो खन्यूको रूख थियो ।

केही दिनदेखि यता म सधैँ देख्थेँ । त्यो खन्यूको रूखमा लटरम्म खन्यू पाकेका । पाकेका खन्यूले परैबाट रूख रात्तै देखिन्थ्यो । खन्यू खाएर आमैघरमा दूध पु¥याउँदा मलाई स्कुल जान ढिला हुन्थ्यो । मलाई खोलामा पानी नभए पनि खोलापारि पुगेर खन्यूको रूख चढ्न, ओर्लन र फर्केर आउन केही समय लाग्थ्यो ।

त्यही भएर म कतै नअल्मलिई सटासट आमैघरमा दूध पु¥याएर घर आउँथेँ । त्यस दिन भने म खन्यू नखाई नसक्ने नै भएँ । दूध पु¥याएर फर्कंदा खन्यू खाएको भए पनि हुन्थ्यो । नत्र खन्यू खाएरै दूध पु¥याएर आएको भए पनि स्कुल जान जेनतेन भ्याउने पनि थिएँ कि ? मेरो दिमागमा त्यो सोच आएन । खाली मलाई दूध पु¥याएर खन्यू खान भ्याउँदिन होला ।

स्कुल जान ढिला हुन्छ भन्ने मात्र भयो । त्यसैले मैले त्यो दिन दूध नपु¥याई खन्यू खाएर आधा बाटोबाटै फर्कने विचार गरेँ । दूध घाँडो भयो, के गर्ने ? पिउन पनि त्यो काँचो दूध थियो । तताएको भए त पिएर फर्कंदा पनि हुन्थ्यो । मैले त्यो दूध कसैले नदेख्ने गरी पोखिदिने विचार गरेँ । त्यसपछि त कसलाई के थाहा ।

एक दिन घरको कोही मान्छे आमैघरमा पुगेन भने त कसरी थाहा हुनु । आमै तलघर आउन सक्ने होइनन् । मेरो पालो यसो यताउता हेरेँ । कसैलाई देखिनँ । अनि त लोहोटाको दूध तल खोलाभित्र पुग्ने गरी घोप्ट्याइदिएँ । कसैले नदेख्ने गरी घोप्ट्याएँ भनेको झन् सबैले देख्ने गरी पो घोप्ट्याएँछु । बोटबिरुवाका पातभरि छरियो दूध । टुप्पादेखि फेदैसम्म दूधले नुहाएजस्तो सेत्तै भए औलीयाका बोट । माथि बाटैदेखि टल्कियो दूध । अब के गर्ने ?

त्यसलाई मेटाउने कुनै उपाय थिएन । कसैले देख्ने डरले म हतार–हतार रित्तो लोहोटा काखीमा च्यापेर फर्किएँ । म खन्यूको रूखमा चढ्न सक्ने भएकै थिइनँ । निक्कै ठूलो थियो, त्यो खन्यूको रूख । तल भूइँबाटै भेट्ने गरी लहरामा लटरम्म फलेका थिए खन्यू । साफी खाएर पनि एक टोपी टिपेर घर लिएर आएँ ।

दूध पोखेको कसैले थाहा पायो कि भन्ने कुराले मन साह्रै त्रसित भयो । घर आइपुग्ने बित्तिकै बुबाले थाहा पाएजस्तै गरी सोध्नुभयो, ‘आमैघरमा दूध पु¥याएर आइस् त ? मैले डराई–डराई पु¥याएर आएँ भनेँ । किन छिटो आइस् त आज ? भनेर पनि सोध्नुभयो । मैले सरासर पु¥याएर आइहालेको भनेपछि बुबा चुप लाग्नुभयो ।

भोलिपल्ट बुबा कता गएर फर्कंदा आमैघरमा निस्कनुभएछ । आमैले हिजो किन नानीले दूध ल्याएन त कान्छा ? भनेर बुबालाई सोध्नुभएछ । बुबाले घरमा आएर मलाई तैंले हिजो आमैघरमा दूध लगिनछस् त, के गरिस् त्यो दूध ? भनेर लठ्ठी उजाउनुभयो । मैले घोप्टियो, लाँदालाँदै बाटैमा भनेर ढाँटेँ । दशैँ आउन लागेको थियो ।

घर पोत्न, चिउरा कुट्न धमाधम थियो । दशैँमा टीका लाउन आमैघर जानु पर्ने । केही दिन मात्र बाँकी छ । हामी पहिले आमैघरमा टीका उठाउँथ्यौँ । त्यसपछि मात्र तलघरमा । दूध घोप्ट्याएको कुरा आमैले थाहा पाइन् भने के भन्लिन् ! भन्ने पनि लागिरहेको थियो । धन्न बुबाले पोखियो भन्दा एक पटकलाई पत्याउनुभयो । केही गर्नुभएन । उजाएको लठ्ठी त्यतिकै भूइँमा राख्नुभयो र बचियो । त्यस दिनदेखि त मैले कहिल्यै त्यसो गरिनँ । यो पनि मेरो जीवनको एउटा अविस्मरणीय क्षण हो ।