कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले धरानको रंगशालाका लागि बजेट विनियोजन गर्ने बताएका छन् ।
शनिबार बुढासुब्बा गोल्डकपको फाइनल खेलको उद्घाटन कार्यक्रममा बोल्दै फ्लड लाइट र स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने बताएका हुन् । मुख्यमन्त्री कार्कीले धरान खेलकुदको सहर भएको बताउँदै भने, 'फ्लड लाइटसहित स्तरोन्नतिका लागि आगामी वर्षको बजेटमा व्यवस्था गर्छु । आश्वासन मात्रै होइन, प्रतिबद्धता व्यक्त गर्छु ।'धरान खेलकुद तथा सांस्कृतिक सहर भएको बताए ।
प्रदेश सभा सदस्य विजय राईले प्रदेशकै खेलकुदको सहर धरान भए पनि कुनै तहको सरकारले सहयोग नगरेको बताए । उनले भने, 'प्रदेशको उत्कृष्ट रंगशाला हो तर कुनै तहको सरकारको सहयोग गरेको छैन ।' कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यबाहक प्रमुख अइन्द्र विक्रम बेघालगायतको उपस्थिति रहेको थियो





























