श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल  फागुन १ गते शुक्रबार, १३ फेब्रुअरी  २०२६, सिद्धार्थीनाम संवत्सर । फाल्गुण कृष्णपक्षको एकादशी तिथि ०३ः५४ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र मूल १२ः२३ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०६ः४५ बजे र सूर्यास्त ०५ः५० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। शरीरमा कमजोरी तथा आलश्य अनुभूति हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

स्वास्थ्यका कारण थालेको काम रोकिन सक्छ। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज सामाजिक उत्तरदायित्व प्राप्त हुनसक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आजको मिहिनेतले भविष्यमा उपलब्धि दिलाउनेछ।व्यवसायको सन्दर्भमा यात्राको अवसर जुट्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परिस्थिति अनुकूल रहे पनि भौतिक असुविधाले दुःख पाइनेछ। आतिथ्य खर्चिलो बन्न सक्छ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

काममा परिवारजनको साथ जुट्नेछ। मध्याह्नदेखि स्वास्थ्य कमजोर रहनेछ। काम सक्न समय लाग्नेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पहिलेको काममा दोहो¥याएर प्रयत्न गर्नुहोला । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल कामसमेत सजिलै सम्पादन हुनसक्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आकर्षक उपहारले उत्साह जगाउनेछ। पहिलेका समस्या समाधान हुनेछन्। नयाँ कामको प्रस्ताव आउनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्रतीक्षा गरिएको नतिजा अलि कमजोर आउला। सहयोगीहरू पछि हट्नेछन् र व्यवसायमा कम मात्र फाइदा हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला। प्रतिस्पर्धीलाई उछिन्दै आयस्रोत बढाउन सकिनेछ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आफ्नो क्षेत्रमा अधिकार जमाउने समय छ। दिगो लाभ हुने काम प्रारम्भ हुने र विभिन्न अवसर प्राप्त हुनेछन्।